Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, फागुन ०६, २०८२
☰
Logo बुधबार, फागुन ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

लोकप्रिय समाचार

  • १. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • २. आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६. भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ७. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ८. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ९. भरतपुरमा अर्को सडक दुर्घटनाः एक जनाको मृत्यु ,एक जना घाइते

  • १०. भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडले जित्यो

म्याग्दीका ज्येष्ठ नागरिकहरु भन्नुहुन्छ– ‘वर्षौंदेखि भोट हाल्दै आयौँ, तर विकास पाएनौँ’

गलेश्वर (म्याग्दी), फागुन ६-
म्याग्दीको बेनी नगरपालिका– ४ मा पर्ने थामडाँडा गुरुङ बाहुल्यताको बस्ती हो । यो गाउँ सदरमुकाम बेनी बजारबाट नजिकै पर्छ । सोही गाउँका बासिन्दा हुनुहुन्छ ८८ वर्षीय जगतबहादुर गुरुङ पनि ।

गुरुङले गएको ६५ वर्षदेखि विभिन्न व्यक्ति र पार्टीलाई निर्वाचनमा मत दिँदै आउनुभएको छ । उहाँको गुनासो छ, “यतिका वर्षदेखि भोट हाल्दै आएँ, न गतिलो बाटोघाटो पाएँ, न पुल पुलेसा, न खानेपानी र सिँचाइको सुविधा । खोइ अब त भोट पनि किन हाल्ने हो र जस्तो लाग्न थालेको छ ।”

सोही गाउँकी ८६ वर्षीया सतदेवी गुरुङ भन्नुहुन्छ, “छोरा नाति हुर्किएपछि विदेश जानुपर्छ, न देशमा काम पाइन्छ, न पौरख गरेर उत्पादन गरेको फलफूल अन्नपातको राम्रो पैसो पर्छ । सिंगा जान पुल छैन, बजार जान गतिलो मोटरबाटो छैन । चुनावको बेला कोको आउँछन्, यो गर्छु र त्यो गर्छु भनेर भोट माग्छन् । जितेपछि नाकमुखै देखाउँदैनन् ।”

बेनी नगरपालिका– २ बगरफाँटका ९२ वर्षीय वेदप्रसाद उपाध्यायले पनि भोट दिँदादिँदा थाकिसकेको तर नेताहरुले भनेजस्तो अझै नभएको बताउनुहुन्छ । उपाध्याय भन्नुहुन्छ, “पहिलाको तुलनामा विकास र सुविधा हुँदै नभएको त होइन, तर भनेजस्तो र जनताले चाहेजस्तो अझै हुन सकेको छैन ।”

म्याग्दीका ज्येष्ठ नागरिक मतदाताहरुका यी प्रतिनिधिमूलक भनाइबाट दशकौँदेखि विभिन्न पार्टीका उम्मेदवारलाई भोट हाल्दै आएको तर आफूले चाहेको विकास अझैसम्म पनि नदेखिएको गुनासो व्यक्त भएको छ । चुनाव प्रचारका क्रममा गाउँगाउँ पुगेका उम्मेदवार तथा नेताहरुसँग भेट हुँदा उहाँहरुले खुलेरै असन्तुष्टि व्यक्त गर्ने गर्नुभएको छ ।

ज्येष्ठ मतदाताहरु भन्नुहुन्छ, “हामीले जीवनभर भोट हाल्यौँ, तर सडक, स्वास्थ्य, शिक्षाजस्ता आधारभूत सुविधा अझै पनि अपूरा छन् । भोट हाल्दाहाल्दै बूढो भयौँ तर विकास भने देख्न पाएनौँ ।”

उहाँहरुले विशेषगरी ग्रामीण भेगमा अझै पनि यातायात, खानेपानी, स्वास्थ्य सेवा र रोजगारीको अवसर अभाव रहेको उल्लेख गर्दै नेताहरुलाई प्रश्न गर्ने गर्नुभएको छ । “हामीलाई चुनावमा सम्झिन्छन्, तर चुनाव सकिएपछि हाम्रो आवाज हराउँछ”, मङ्गला गाउँपालिका–५ का ७६ वर्षीय हरिकृष्ण पौडेलले भन्नुभयो ।

चुनाव प्रचारका क्रममा उम्मेदवारहरुले भने आगामी दिनमा विकासका कामलाई प्राथमिकता दिने आश्वासन दिएका छन् । उनीहरुले सडक विस्तार, रोजगारी, पर्यटन, स्वास्थ्यचौकी सुदृढीकरण, शिक्षा सुधार र कृषि क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । तर, ज्येष्ठ नागरिकहरु भने यस्ता आश्वासन विगतमा पनि धेरै पटक सुनेको तर व्यवहारमा नदेखिएको भन्दै आशङ्का व्यक्त गर्नुहुन्छ ।

म्याग्दीका ग्रामीण क्षेत्रका ज्येष्ठ मतदाताहरुको गुनासोले स्थानीय विकासको वास्तविक अवस्था उजागर गरेको छ । दशकौँदेखि लोकतान्त्रिक अभ्यासमा सक्रिय रहँदै आएका उहाँहरुले अब ठोस काम देख्न चाहेको स्पष्ट सन्देश दिएको स्थानीय यादव रिजालले बताउनुभयो ।

चुनावी माहोल तात्दै गर्दा ज्येष्ठ मतदाताहरुको आवाजले उम्मेदवारहरुलाई चुनौती दिएको छ । भोट मात्र होइन, अब परिणाम देखाउनुपर्ने समय आएको छ ।

मालिका गाउँपालिका–२ रुमका ७९ वर्षीय टेकबहादुर विक भन्नुहुन्छ, “हामीले जीवनभर भोट हाल्यौँ । सडक अझै अधुरा छन्, अस्पतालमा औषधि छैन, छोराछोरी रोजगारीको खोजीमा विदेश जानुपरेको छ । भोट हाल्दाहाल्दै बूढा भयौँ तर विकास भने देख्न पाएका छैनौँ ।”

त्यस्तै, सोही स्थानकी ७० वर्षीया जमुना थापा भन्नुहुन्छ, “चुनाव आउँदा नेताहरु ढोग्छन्, हात समात्छन्, आशीर्वाद माग्छन् । तर चुनाव सकिएपछि हाम्रो गाउँमा फर्केर हेर्ने कोही हुँदैन ।” म्याग्दीमा उम्मेदवारहरुले रोजगारी, प्रविधि, शिक्षा र स्वास्थ्यलाई मुख्य एजेण्डा बनाएका छन् । जनभेटघाटमा उनीहरुले वृद्धवृद्धासँग आशीर्वाद लिने, हात समातेर केही पाइला हिँड्ने, परिवारको हालखबर सोध्नेजस्ता आत्मीय व्यवहार देखाइरहेका छन् । तर मतदाताहरुले यस्ता व्यवहारलाई चुनावी रणनीति मात्र ठानेका छन् ।

उम्मेदवारहरुले ग्रामीण सडक विस्तार, स्वास्थ्यचौकी सुदृढीकरण, शिक्षा सुधार र कृषि क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । तर ज्येष्ठ नागरिकहरु विगतमा पनि यस्ता आश्वासन धेरै पटक सुनेको तर व्यवहारमा नदेखिएको भन्दै शङ्का व्यक्त गरिरहेका छन् । ज्येष्ठ मतदाताहरुले अब ठोस काम देख्न चाहेको स्पष्ट सन्देश दिएका छन् । उनीहरुको भनाइमा, “हामीलाई भोट माग्न आउनुहोस्, तर चुनाव सकिएपछि पनि हाम्रो गाउँमा फर्केर हेर्नुहोस् । हामीलाई आधारभूत सुविधा दिनुहोस् ।”

ज्येष्ठ मतदाताहरुका यी गुनासाहरुलाई उम्मेदवारहरुले पनि गम्भीररुपमा लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले ज्येष्ठ नागरिकहरुको चाहना पूरा गर्नेगरी काम गर्ने बताउनुभयो । जनताले खोजेको सुशासन, रोजगारी र भ्रष्टाचारको अन्त्य नै आफ्नो मुख्य एजेण्डा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुको गुनासोलाई म आत्मसात गर्दै विभाजनको राजनीति होइन सबैलाई समेट्ने विकासको बाटोमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु । मतदाताको विश्वासलाई कामबाटै प्रमाणित गर्छु ।”

त्यस्तै नेकपा (एमाले) का उम्मेदवारका हरिकृष्ण श्रेष्ठले नेकपा एमाले जनताको सुख दुःखमा सधैँभरि जनतासँगै रहेको बताउँदै जनताको चाहनाअनुसार नै आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “समाजलाई विभाजन गर्ने भाषाशैली होइन, जनताको पक्षमा उभिने राजनीति आवश्यक छ । गरिब, किसान र युवाका मुद्दा संसद्मा बलियो रूपमा उठाउनेछौँ ।”

नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का उम्मेदवार अर्जुनबहादुर थापाले “म्याग्दीमा अधुरा विकास योजना पूरा गर्नु आफ्नो प्राथमिकता भएको बताउनुभयो । उहाँले भन्नुभयो “आश्वासन होइन, स्पष्ट योजना र समयसीमासहित काम गरेर देखाउने हाम्रो लक्ष्य छ ।”

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजिनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनले आफूलाई परम्परागत राजनीतिभन्दा फरक भएको दाबी गर्दै भन्नुभयो “जनताले पुरानो शैली अस्वीकार गरिसकेका छन् । पारदर्शिता, जवाफदेहिता र परिणाममुखी काम नै मेरो पहिचान हुनेछ ।”

एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा कूल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । यस जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । रासस

Chitwan Aaja चितवन आज
बुधबार, फागुन ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी
जनकपुरधाममा कांग्रेसको चुनावी सभामा उर्लियो जनसागर
चितवनमा १९ जना उम्मेदवारले लिए बैंकको खाता खोल्ने सिफारिस

ताजा समाचार

सबै

यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी

जनकपुरधाममा कांग्रेसको चुनावी सभामा उर्लियो जनसागर

चितवनमा १९ जना उम्मेदवारले लिए बैंकको खाता खोल्ने सिफारिस

म्याग्दीका ज्येष्ठ नागरिकहरु भन्नुहुन्छ– ‘वर्षौंदेखि भोट हाल्दै आयौँ, तर विकास पाएनौँ’

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

अण्डाको मूल्य बढ्यो

टिपरको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु

सुनचाँदीको मूल्यमा गिरावट

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

दीपेन्द्रको कीर्तिमानी ब्याटिङमा १२ वर्षपछि तोडियो विश्वकपमा नेपालको जितको खडेरी

राजनीति क्षेत्रको लोडसेडिङ अन्त्य गर्न उज्यालो पार्टी जन्मेको होः कुलमान

भक्तपुर–१: उम्मेदवारहरु विकासको ‘एजेन्डा’सहित घरदैलोमा

काठमाडौँमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • २.
    आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.