काठमाडौं –
नेपाली कांग्रेसले जनकपुरधाममा आयोजना गरेको प्रतिज्ञा सभा सुरु भएको छ । केहीबेर अघिबाट सभा सुरु भएको हो । पार्टी सभापति गगन थापा मञ्चमा आएपछि सभा सुरु भएको हो ।
कांग्रेसको सभामा जनसागर उर्लिएको छ । कार्यक्रम सुरु नहुँदै तिरहुतियागाछीस्थित चौर भरिएको छ । विभिन्न जिल्लाबाट नेता कार्यकर्ता र समर्थक आउने क्रम जारी रहेको नेताहरुले बताएका छन् ।
कांग्रेसले आज जनकपुरधामबाट चुनावी अभियान शंखनाद गरेको हो । सभामा कांग्रेस सभापति थापाले प्रतिज्ञापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । चुनावी सभालाई सम्बोधन गर्न उपसभापति एवं चुनावी कमान्डर विश्वप्रकाश शर्मा जनकपुरधाम पुगेका छन् । मञ्चमा कांग्रेस नेता एवं धनुषा ३ का उम्मेदवार विमलेन्द्र निधि, महेन्द्र राय यादव, फरमुल्लाह मन्सुरलगायत उपस्थित छन् ।









