आज मिति २०८२ फागुन १ गते (१३ फेब्रुअरी २०२६) शुक्रवार, फाल्गुण कृष्णपक्ष एकादशी, १४ः०० बजेपछि द्वादशी। मूल नक्षत्र, १६ः०७ बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु।
मेष : आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा तत्परता देखाउन सक्छन्।
वृष : परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ।
मिथुन : व्यापार तथा आर्थिक कारोबारमा राम्रै फाइदाको योग छ। अधिकार संरक्षण गर्न जुट्नुपर्ने समय छ। केही प्रतिस्पर्धा हुन सक्छ। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। प्रतिस्पर्धीलाई सजिलै उछिन्ने मौका छ।
कर्कट : आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ।
सिंह : मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको सुझाव अप्रिय लाग्नेछ। आफूबाट गलत निर्णय हुनेछ। धोकामा परिएला। महत्त्वाकांक्षी योजना गोप्य राख्दा फाइदा हुनेछ।
कन्या : सहयोगीहरूले साथ दिनेछन् र आयआर्जनका काममा सोचेजस्तै सफलता मिल्नेछ। आम्दानी बढ्नेछ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्ला।
तुला : आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। बाध्यताका काममा बढी खर्च हुनेछ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्।
वृश्चिक : रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन्।
धनु : काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला, सचेत रहनुहोस् । मुद्दा–मामिला, वादविवाद र प्रतिस्पर्धामा पनि कमजोर सावित भइएला।
मकर : दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।
कुम्भ : महत्त्वपूर्ण कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। सरकारी काममा पनि तत्काल फाइदा उठाउन सकिनेछ। नोकरी र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा होला। राम्रै आयआर्जन हुने काम सुरु होला।
मीन : मेहनत गर्दा भाग्योन्नतिको समय छ। समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। रोकिएको कामले पनि निकास पाउनेछ।सहयोगीहरूको साथ पाइनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।








