काठमाडौं, माघ २९-
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले घटेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँ तोकेको छ ।
हिजो तीन लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर पाँच हजार ३४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला पाँच हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।








