काठमाडौँ, २८ भदौ :
सहकारी ठगीको मुद्दामा अदालतमा पूपर्क्षका लागि थुनामा पठाएका रवि लामिछाने शनिबार कारागार फर्कने भएका छन्।
गत भदौ २४ गते प्रदर्शनका क्रममा सयौंका संख्यामा आन्दोलनकारी ललितपुरस्थित नख्खु कारागार पुगेका थिए। भिड बढ्दै गएपछि कारागार प्रशासले उनलाई बाहिर निकाल्दिएको थियो।
उनले कारागार प्रशासनले पत्र दिएपछि आफू जेल बाहिर आएको बताउँदै आएका छन्। उनले सार्वजनिक गरेको जेल प्रशासनले दिएको पत्र विवादमा परेको थियो।
‘म विगत ३० वर्षदेखि विभिन्न भूमिकामा रहेर समाज र नागरिकसँग हमेशा संवादमा छु।
जवाफदेहितामा मैले कहिले पनि कम्प्रमाइज गरेको छैन। आज म आफ्ना बारेमा सफाई दिन भन्दा बढी मुलुकको अबको बाटोको बारेमा केही महत्त्वपूर्ण कुरा बताउन गइरहेको छु।
संयोगले आज मेरो जन्मदिन परेछ। र, म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्।