चितवन, १८ असार
भरतपुर महानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई सम्मान गरेको छ ।
लामिछानेलाई आज विशेष कार्यक्रम गर्दै महानगरले नगद एक लाखसहित सम्मान गरेको हो। लामिछाने चितवनवासी पनि हुन् ।
विश्वकप क्रिकेट खेलेर स्वदेश फर्किएका लामिछानेलाई राम्रो क्रिकेट खेलेर देशको इज्जत बढाएको भन्दै महानगर प्रमुख रेनु दाहाल उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।
लामिछानेले क्रिकेटमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको नगरप्रमुख दाहालले बताउनुभयो ।