काठमाडौं, १४ असार
काठमाडौंको कीर्तिपुरमा कुकुरलाई ढुंगा प्रहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
कीर्तिपुरमा कुकुरमाथि ढुंगा प्रहार भएको जानकारीलगत्तै स्नेहाज केयरले प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीले कुकुरमाथि ढुंगा प्रहार गरेको आरोपमा कीर्तिपुरकै सुरेश महर्जनलाई पक्राउ गरी थुनामा राखेको छ ।
घाइते अवस्थाको कुकुरलाई स्नेहाज केयरले उद्धार गरी उपचार जारी राखेको जनाएको छ ।








