काठमाडौँ, माघ २५-
ज्याकोब बेथेल र ह्यारी ब्रुकको अर्धशतकप्रेरित इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।
वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो ।
इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए । उनले १ चौका र ४ छक्कासहित फिनिसिङ गरे ।
ओपनर फिल साल्टलाई नेपालका शेर मल्लले आफ्नो पहिलो बलमै आउट गर्दा इंग्ल्याण्डले चाँडै पहिलो विकेट गुमाएको थियो ।








