चितवन, माघ २५-
टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीले लिने प्रत्येक रन बराबर वैदिक आयुर्वेद सेवा प्रा.लि.ले खाना खुवाउने घोषणा गरेको छ । भारत र श्रीलंकामा जारी विश्वकपमा नेपाली खेलाडीले लिने प्रत्येक रन बराबर वैदिक आयुर्वेदले असाहय, अनाथ बालबालिका तथा जेष्ठ नागरिकलाई खाना खुवाउने घोषणा गरेको हो ।
वैदिक आयुर्वेदका प्रबन्धक चक्रपाणी न्यौपानेले खेलाडीहरुको मनोबल उच्च बनाउन प्रत्येक रन बराबरको संख्यामा खाना खुवाउने जानकारी दिए । उनका अनुसार वैदिक आयुर्वेदले विश्वकप सकिएपछि चितवनका विभिन्न आश्रममा पुगेर खाना खुवाउने छ । यस्तै वैदिक आयुर्वेदले सामाजिक उत्तदायित्व अन्तर्गत, चितवन र आसपासका जिल्लाहरुमा हुने खेलकुद कार्यक्रम लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।








