काठमाडौँ, २४ माघः
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम वाग्लेले परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको बताउनुभएको छ ।
रास्वपा तनहुँ–काठमाडौँ सम्पर्क विभागद्वारा आज यहाँ आयोजित ‘बृहत् एवं जेनजी भेला’ मा उहाँले रास्वपाले परिवर्तनको मुद्दालाई अगाडि बढाएर युवा सहधागिता बढाएको बताउनुभयो ।
आगामी फागुन २१ गते हुने निर्वाचन पुस्तान्तरणको निर्वाचन भएको उपसभापति वाग्लेको भनाइ छ । लोकतन्त्रमा प्रष्ट बहुमत आवश्यक पर्नेमा जोड दिँदै उहाँले पार्टीलाई बहुमतका साथ विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो ।
हाल देशभरका ७७ जिल्ला तथा ५५० पालिकासहित ३८ देशमा रास्वपाको सङ्गठन विस्तार भइसकेको उपसभापति वाग्लेले जानकारी दिनभधयो ।
उहाँका अनुसार हाल रास्वपाको देशभर तीन लाख सक्रिय सदस्य छन् । पार्टीले सुशासन, भ्रष्टाचार विरोधी अभियान, सडक, हवाई सञ्जाल, इन्टरनेट सेवा र ऊर्जालाई प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभयो ।
—







