काठमाडौं, असार १३-
काभ्रेमा बिरामी कुरूवा कोठामा एक जना व्यक्ति मृत फेला परेका छन्।
धुलिखेल नगरपालिका-६ स्थित धुलिखेल अस्पतालको एमर्जेन्सी वार्डको बिरामी कुरूवा कोठामा एक जना व्यक्ति मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार आज (बिहीबार) बिहान साढे ८ बजे पहिचान नखुलेका अन्दाजी ५८/६० वर्षको पुरूष मृत भेटिएका हुन् ।








