काठमाडौं, असार १३-
गायक राजेश पायल राईलाई अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।
राई आज बिहान फ्लाई दुबईको जहाजमार्फत् सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेका हुन्। तर, अत्यधिक मदिरा सेवन गरेको पाएपछि राईलाई प्रहरीले ट्याक्सीमा हालेर घर पठाइदिएको हो ।
उनले विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग लफडा गरेको विमानस्थल स्रोतले बतायो । उनी मदिरा सेवनकै कारण पटकपटक विवादमा आउने गरेका छन् ।








