झापा, असार ८
झापाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले कस्मेटिक लगायतका विभिन्न सामग्रीहरू बरामद गरेको छ ।
अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको रेडिमेड कपडा कुर्था सुरुवाल र विभिन्न प्रकारका किरानाका सामानहरू, जुत्ता, माछा र कस्मेटिक लगायतका सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापा अन्तर्गत रहेका इलाकाहरूबाट सीमावर्ती क्षेत्रमा परिचालित प्रहरी टोलीले शुक्रबार अवैध सामान बरामद गरेको हो ।
बरामद गरिएका अन्दाजी ५ लाख ५९ हजार रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।