काठमाडाैं असार ६,
आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
देशको बाँकी भेगका एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका एक/दुई स्थानमा आज पनि भारी वर्षाको सम्भावना छ । कोशीमा मनसुन प्रवेश गरेसँगै केही दिनदेखि निरन्तर वर्षा भइरहेको छ ।
आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही स्थान र लुम्बिनीका पहाडी भेगमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
हाल देशको पूर्वी भेगमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।
बाँकी भेगमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








