काठमाडौँ, असार ५
६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी रहेका छन् ।
उनीहरूलाई भारतमा पक्राउ गरेर काठमाडौँमा ल्याएको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृतले जानकारी दिए ।
उनीहरूको न्युरोडमा सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुली सँग कनेक्सन देखिएको छ ।
तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना यसअघि नै पक्राउ गरेका थिए । दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।








