काठमाडाैं असार ५,
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले टी-२० विश्वकप २०२४ मा नेपालका कप्तान रोहित पौडेलसँग विवाद गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ ।
आईसीसीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको हो । आईसीसीका अनुसार उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ ।
सेन्ट भिन्सेन्टमा आइतबार नेपालले १०७ रनको लक्ष्य पछ्याउने क्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि विवाद भएको थियो ।
उनले पिचको मध्य भागमा आएर रोहितलाई केही भनेका थिए । रोहितले पनि आक्रोशित हुँदै उनलाई जवाफ फर्काएका थिए ।
ताम्जिमलाई लिटन दास र रोहितलाई आशिफ शेखले थप झगडा गर्नबाट रोकेका थिए ।
नेपाललाई ८५ रनमा अल आउट गर्न तान्जिमले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएका थिए ।
उनकै बलमा रोहित क्याच आउट भएका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार