काठमाडौं असार ३
आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशबाट १०७ रनको लक्ष्य पाएको छ ।
वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालले बंगलादेशलाई १९.३ ओभरमा १०६ रनमै अलआउट बनाएपछि १०७ रनको लक्ष्य पाएको हो ।