चितवन, २ असार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) भरतपुर वडा नम्बर २४ कमिटीले वडा कार्यालयबाट हुने बजेट विनियोजनको लागि आर्थिक वर्ष ०८१/०८२ को वडा योजना तर्जुमा बुँदागत रुपमा पेश गरेको छ ।
वडा कमिटि सभापति कृष्ण प्रसाद चालिसेको नेतृत्त्वको टोलीले वडा कार्यालयमा योजना पेश गरेको हो । सभापति चालिसेका अनुसार महागर सदस्य परमेसोर चालिसे, परिसद सदस्य बाबुराम केसी, वडा कमिटि सदस्य दिपेन्द्र अर्याल लगायतको उपस्थितिमा वडाका वडाध्यक्ष राम बहादुर गोदारलाई योजना बुझाइएको हो ।
वडा कमिटीले बुझाएको योजनामा कृषिलाई बढी जोड दिइएको छ । सभापति चालिसेद्वारा हस्ताक्षर गरिएको पत्रमा विरगंज, ठोरी, माडी, धुर्वघाट हुँदै नवलपरासी जोड्ने हुलाकी मार्गको माग गरिएको छ ।
वडा योजनामा सिपमुलक तालिम, रोजगारीमुलक कार्यक्रम, शिक्षा, स्वास्थ्य, सडक, सरसफाई, बाल उद्यान पार्क, जेष्ठ नागरिक जमघट स्थल लगायतको योजनहारू समावेश गरिएको छ ।
त्यस्तै रास्वपा वडा कमिटि भरतपुर २४ ले महानगरमा ५ बुंदे माग पनि गरेको छ । वडा भित्रको सबै बाटो कालोपत्रे, स्मार्ट लाइट, विद्यार्थीलाई साइकल वितरण, धुर्व उपस्वास्थ्य चौकीमा एम्बुलेन्स, केरुंगा घोल सौन्दर्य लगायतको माग रास्वपा भरतपुर २४ ले योजनामा समावेश गरेको छ ।











