• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बिहिबार, जेठ ०८, २०८२
☰
बिहिबार, जेठ ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    भारतका १३ विश्वविद्यालयमा नेपाली भाषा

    भरतपुरको भानु माविमा हेडमास्टरले खुसुक्क कोचिङको पैसा कुम्ल्याएपछि…

    जापान जाने सोचमा हुनुहुन्छ ? सेन्ट्रल कलेजले दिँदैछ ५० प्रतिशत छुट

    आमनिर्वाचनको झल्को दिने गरी अङ्कुरम् एकेडेमीमा नमुना निर्वाचन

    अङ्कुरम् ‘एसइई डिजिटल क्विज’मा चितवन राइनोज पहिलो

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    भरतपुरको भानु माविमा प्रअको मनपरी : फेल भएकालाई पास गराउन नियम विपरित पुनः परीक्षा

    सिटिइभिटीका कुनैपनि कार्यक्रम अध्ययन गर्न प्रवेश परीक्षा दिन नपर्ने

    अङ्कुरम् एसइई गर्ल्स बास्केटबलमा ह्वाइट हाउस पहिलो

    लोकप्रिय समाचार

    • १. अङ्कुरम् ‘एसइई डिजिटल क्विज’मा चितवन राइनोज पहिलो

    • २. चितवनमा बाबुले गरे छोरी र भतिजको हत्या

    • ३. महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल

    • ४. हावाहुरीले भरतपुरको आधारभुत विद्यालय मोहनपुरमा क्षति, मर्मतमा आर्थिक अभाव हुँदा मर्कामा विद्यार्थी

    • ५. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    • ६. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    • ७. चितवनमा रक्सी खुवाएर सामूहिक बलात्कार गरेको अभियोगमा ५ युवा पक्राउ

    • ८. कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

    • ९. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    • १०. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    उफ् गर्मी !

    काठमाडौँ, ३० जेठ
    हिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो । नेपालगञ्ज नेपालकै तातो ठाउँका रुपमा जानिन्छ । त्यस्तै धनगढीको तापक्रम ४२ डिग्री पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो ।

    यता काठमाडौँको अधिकतम तापक्रम भने ३१ डिग्री सिल्सियस मात्र पुग्दा तराईभन्दा बढी अत्तालिएका देखिन्छन् राजधानीवासी । गर्मीको तात्तातो चर्चा काठमाडौँमै बढी देखिन्छ । ‘उफ् गर्मी पनि कति साह्रै बढेको ? पहिलेपहिले त यस्तो उल्का गर्मीको महसुसै भएको थिएन’ काठमाडौँ उपत्यकाका नागरिकको वार्तालापको पहिलो बाक्य अहिले यही हुने गरेको छ ।

    ललितपुरस्थित गोदावारी नगरपालिकाकी राधा घिमिरे भन्नुहुन्छ, “गर्मी पनि कति साह्रै बढेको हो ? यसो बाहिरै नै निस्कन सकिँदैन । घरमा मात्रै बस्दाबस्दा अत्यास नै लाग्ने । पहिले त चितवनतिर जाँदा मात्र यस्तो अनुभव हुन्थ्यो, यहाँ यस्तो गर्मी भएजस्तै लाग्दैनथ्यो ।”

    काठमाडौँ बूढानीलकण्डकी शोभा सापकोटालाई पनि पहिलाभन्दा यसपटक धेरै गर्मी भएको अनुभव भएको छ । “४० वर्ष भइसक्यो काठमाडौँ बसेको, यस्तो गर्मीको अनुभव त छँदै थिएन,” उहाँ भन्नुभहुन्छ, “अत्यार नै लाग्दो गर्मी पनि । अझै तराईमा कस्तो होला ?” उहाँहरु मात्रै होइन । सिन्धुली घर भई भक्तपुर लोकन्थली बस्ने दुर्गा तिमल्सिनालाई पनि गर्मीले निकै अत्याएको छ । “अहिलेको जस्तो गर्मी पहिले कहिल्यै अनुभव भएन, गर्मीले रिङ्गटा नै लाग्छ,” उहाँ भन्नुहुन्छ, “पहिलापहिला त काठमाडौँ आउँदा पङ्खा नै नलगाई बस्न सकिन्थ्यो, यो पटक त पङ्खाले पनि गर्मी छेक्नै सक्दैन ।”

    धनगढी, नेपालगञ्जलगायत तराईका क्षेत्रको जस्तो गर्मी उपत्यकामा छैन, तर अझै यहाँका मानिसहरुलाई गर्मीले अत्याएको छ । त्यो ४० डिग्री सेल्सियस आसपासको तापक्रममा बस्नेहरुलाई गर्मीले कति अत्याएको होला ? घाम भनेर काम छलेर बस्न पनि सबैलाई कहाँ पुग्ला र ? घामको प्रवाह नगरी काम गर्नेहरुलाई कति गाह्रो भएको होला ? तराईमा बसोबास गर्ने केही पात्रसँग राससले टेलिफोनमार्फत गर्मीले पारेको प्रभावको विषयमा कुराकानी गर्ने क्रममा बढी गर्मीका कारण कामकाजमा समेत बाधा पुगेको अनुभव सुनाउनुभएको थियो ।

    चितवन क्षेत्रपुरकी मीरा धिताललाई पनि पहिला पहिलाको भन्दा यसपटक गर्मी अलि बढेको अनुभव भएको छ । “गर्मीका कारण आएको पसिनाले लुगा नै निथु्रक्कै भिजाउँछ, एकदमै गाह्रो बनाएको छ,” उहाँ भन्नुहुन्छ, “दिउँसोको समयमा त बाहिर निस्कन र काम पर्दा समेत हिँड्डुल गर्न नै मुस्किल पर्छ । बच्चाहरु समेत गर्मीले गर्दा टाउको दुख्यो भनेर पढ्नै सक्दैनन् ।”

    गर्मीले साल्लाघारीको जङ्गल पनि उत्तिकै तात्छ । अन्य बोटबिरुवाले जस्तो सालको बिरुवाले शीतलता दिँदैन । त्यसमाथि ४२ डिग्री सेल्सियससम्मको तापक्रमले तातिएको मौसम । तर तातो मौसम भनेर काममा नगई बस्ने छुट हुँदैन, सुदूरपश्चिम, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईलाई । तातो मौसममा फिल्ड हिँड्दा निकै गाह्रो हुने र तातोले टाउको दुख्ने समस्या हुने बताउनुहुन्छ उहाँ । “तातो छ भनेर मन्त्रालयभित्र मात्रै बस्ने छुट कहाँ छ र ? फिल्ड हिँड्नु पनि पर्छ । फिल्ड खटाउँदा कर्मचारीहरु बिरामी पर्नुहुन्छ । नखटाएर पनि भएन,” राससले गरेको टेलिफोन वार्तामा उहाँ भन्नुहुन्छ, “सरकारी सेवामा खटिने शपथ खाएर आएको हौँ गर्मी भयो भनेर बस्न पनि भएन नि ।”

    जल तथा मौसम विज्ञान विभागअन्तर्गत जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले जलवायु परिवर्तनको असरका कारण तापक्रम बढेसँगै गर्मी समेत बढेको जानकारी दिनुभएको छ । “नेपालमा मनसुन भित्रिए पनि वर्षा हुन सकिरहेको छैन, यसले तापक्रम पनि बढाएको छ,” उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असरले गर्दा पृथ्वी तात्दै जाने र यसले गर्दा नेपालको समेत तापक्रम बढ्ने तथा यसले गर्दा तातो हावाको लहर (लू) को जोखिम, सुक्खा बढ्ने, खडेरीका कारण कृषि उब्जनीमा ह्रास आउने, पानीको मुहान सुक्नेलगायतका समस्या उत्पन्न हुनेछ ।”

    पोखरेलले जलवायु परिवर्तनले मौसमी अवस्थामा पारेको असर, अगामी दिनमा बढ्न सक्ने सम्भावित जोखिम, तापक्रमको प्रक्षेपणलगायतका विषयमा जानकारी दिने गरी अध्यायनसमेत भइरहेको जानकारी दिनुभएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तातो हावाको लहर ’लू’ र यसबाट बच्ने उपाय गर्मी मौसममा असामान्य रुपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ’लू’ भनिन्छ । यो एक प्रकारको प्राकृतिक प्रकोप हो । प्राधिकरण कार्यकारी प्रमुख अनिल पोखरेलले खासगरी नेपालको तराई क्षेत्रमा धेरै गर्मी भएको समयमा तातो हावाको लहर ‘लू’ चल्न सक्ने र यसले स्वास्थ्यमा असर गर्ने भन्दै सचेत हुनुपर्ने जानकारी दिनुभएको छ ।

    बढी गर्मीका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुखे, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने, हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्न सक्ने चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार छाला सुक्खा र रातो हुने, पिसाबको रङ्ग पहँेलो हुने, सास फेर्न गाह्रो हुने र रक्तचाप कम हुने, १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोस हुने वा कोमाको लक्षण) देखिन सक्छ ।

    लू लागेको व्यक्तिलाई शीतल ठाउँमा लाने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाइदिने, बिरामी होसमा भएमा पानी वा झोलिलो खानेकुरा दिने तर कफी, चिनीको मात्रा धेरै भएको चिसो पेयपदार्थ, बियर, जाँडरक्सी नदिने, पङ्खाले हम्कने गर्नुपर्छ । भिजेको चिसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टी लगाइदिने, बिरामीलाई गाह्रो भएजस्तो लागेमा नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजाने, चर्को घाम लागेको बेला सकभर घर बाहिर ननिस्कने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने गर्न समेत सुझाव दिइएको छ ।

    जलवायुविद् डा धर्मराज उप्रेतीले समुन्द्री सहतको तापक्रममा फेरबदले (एल निनो टू ला नीना) भएकाले नेपाललगायत एसिया प्रशान्त क्षेत्रमा औसतभन्दा बढी तापक्रम र बढी वर्षा हुने क्रम बढिरहेको भन्दै समयमा नै सतर्कता अपनाउन जरुरी रहेको बताउनुभयो । “जलवायु परिवर्तनका कारण समुन्द्री सतहको तापक्रममा फेरबदल आइरहेको छ,” उहाँले भन्नुभयो, “जलवायु परिवर्तनसम्बन्धी न्यूनीकरण र अनुकूलनका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसके तापक्रम बढ्नेलगायत जलवायुजन्य असर अझै बढिरहने छ ।”

    प्रशान्त महासागरको पूर्वमध्य उष्ण भागको सतहको पानी औसतभन्दा उल्लेख्य धेरै तातेर बन्ने मौसमी प्रवृत्तिलाई अल निनो भनिन्छ । अल निनो सक्रिय भएको समयमा यसले संसारभरिकै वर्षाको स्वरूप र मौसमलाई असर गर्छ र तापमान वृद्धि गर्छ ।

    एल निनो नामक मौसमी प्रक्रियामा अस्वाभाविक रूपमा तापमान वृद्धि भएको हुन्छ भने ला निनामा अस्वाभाविक रूपमा तापमान घट्छ । ला निना भूमध्य रेखामा प्रशान्त महासागरको मध्य तथा पूर्वी भागमा हुने गर्छ । एल नीनोले जस्तै यसले पनि संसारभर वर्षा तथा वायुमण्डण्डलीय चापलाई प्रभावित गर्छ ।

    जनस्वास्थ्यविद् डा समीर अधिकारीले तातो हावाका कारण मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुग्ने जानकारी दिनुभएको छ । “लूका कारण श्वास फेर्न गाह्रो हुने, रगतजन्य समस्या आउन सक्ने तथा छाला चिलाउने र शरीरमा घाउ हुनसक्छ,” उहाँले भन्नुभयो, “उच्च रक्तचाप कम हुने तथा आँखाको समस्या हुन सक्छ । विभिन्न रोगका कारण दीर्घकालीन रुपमा असर पुग्ने र मानिसको मृत्यु पनि हुन सक्छ ।”

    डा अधिकारीले तातो हावाको लहरबाट बच्नका लागि व्यापक जनचेतना र जनसहभागिता तथा समन्वय गरेर लू व्यवस्थापन गर्न सुझाव दिनुभएको छ । लूबाट कसरी सुरक्षित गर्ने ? कसरी पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्ने ? भन्ने विषयमा कार्यक्रम तय गर्न आवश्यक रहेको उहाँको भनाइ छ । उहाँका अनुसार गर्मीका कारण शरीरमा आलस्य पनि बढ्न सक्छ ।

    भोलिसम्म अत्यधिक गर्मीको सम्भावना
    जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म नै अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपाउन भन्दै विज्ञप्ति नै जारी गरेको छ । विभागको अनुसार मङ्गलबार दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

    देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नु हुन तथा आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध समेत छ । “ती भू–भागहरूमा आगामी तीन दिन (२०८१ जेठ २९ गते देखि २०८१ जेठ ३१ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,” विभागद्वारा विज्ञप्तिमा तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले त्यसबाट बच्न अनुरोध गरिएको छ ।

    तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा के के गर्ने भन्ने विषयमा जल तथा मौसम विज्ञान विभागले सुझाव समेत दिएको छ । “घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी ननिस्कने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोलपदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन विभागले विज्ञप्तिमार्फत सुझाएको छ ।

    तातो अझै बढ्ने जोखिम
    जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको धाराको धारा २ उपराधारा १ को (क) मा जलवायु परिवर्तनको जोखिम तथा असरलाई उल्लेखनीय रुपमा घटाउने कुरालाई आत्मसात् गर्दै विश्वव्यापी औसत तापक्रममा हुने वृद्धिलाई पूर्वऔद्योगिक तहभन्दा माथि दुई डिग्री सेल्सियसभन्दा तल कायम राख्ने र तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि १.५ डिग्री सेल्सियसमा सीमित राख्न प्रयास गर्ने उल्लेख गरिएको छ ।

    पेरिस सम्झौता कार्यान्वयनका लागि हरेक वर्ष हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरुको भेलामा समेत पेरिस सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ । नेपालको नेतृत्वमा यही जेठ ९ र १० गते चन्द्रागिरिमा आयोजना गरिएको अन्तर्राष्ट्रिय पर्वतीय संवादमा समेत तापक्रम वृद्धि रोक्नुपर्नेमा विज्ञहरुले जोड्दार माग राख्नुभएको थियो ।

    जलवायु नीतिको कार्यान्वयनमा जोड
    जलवायु नीति २०७६ मा जलवायुजन्य प्रकोपको रोकथाम, न्यूनीकरण र पूर्वतयारी गर्न सङ्घ, प्रदेश तथा स्थानीय तहमा प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्रणालीको विकास गरिने उल्लेख छ । यसैगरी बाढी, पहिरो, भूक्षय, खडेरी, चट्याङ, हावाहुरी, तातो हावाको लहर, शीतलहर, वन डढेलो, आगलागी, महामारीलगायत प्रकोपको अनुगमन, पूर्वानुमान तथा पूर्वसूचना प्रणाली विकास गरी पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाइने समेत नीतिमा उल्लेख गरिएको छ ।

    जलवायुजन्य विपद्सम्बन्धी सूचना सङ्कलन गर्ने प्रणालीलाई थप व्यवस्थित र व्यापक बनाइने, जलवायुजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचनामा सबै वर्ग, तह र क्षेत्रको पहुँच पुग्ने व्यवस्था मिलाइने समेत नीतिमा व्यवस्था गरिएको छ । विपद् जोखिम न्यूनीकरण कार्यलाई जलवायु परिवर्तन अनुकूलन योजना तथा कार्यक्रमहरुसँग एकीकृत गरिने, जलवायुजन्य प्रकोपहरुवाट हुने क्षतिबाट पुनरुत्थानका लागि अति सङ्गटासन्न र जोखिममा रहेका व्यक्ति र परिवारहरुको सामाजिक सुरक्षाको प्रत्याभूति गरिने कुरा नीतिमा उल्लेख गरिएको छ, तर नीतिको प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । – रासस

      Chitwan Aaja चितवन आज
      बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      भारतका १३ विश्वविद्यालयमा नेपाली भाषा
      परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
      हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा दुई युवती पक्राउ

      ताजा समाचार

      सबै

      भारतका १३ विश्वविद्यालयमा नेपाली भाषा

      परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

      हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा दुई युवती पक्राउ

      तनहुँबाट अमेरिकन पेस्तोल र गोलीसहित २ जना पक्राउ

      माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ : अध्यक्ष प्रचण्ड

       रवि  लामिछानेको रिट निवेदन हेर्दाहेर्दैमा

      भरतपुरको भानु माविमा हेडमास्टरले खुसुक्क कोचिङको पैसा कुम्ल्याएपछि…

      नारायणीमा जथाभावी फोहोर : अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी

      चितवनमा युवकको पौडी पोखरीमा डुबेर मृत्यु, आठ जना पक्राउ

      चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङसहित वर्षाको संभावना

      बंगलामुखिको बार आज यस्तो छ तपाइँको राशीफल

      प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ

      जापान जाने सोचमा हुनुहुन्छ ? सेन्ट्रल कलेजले दिँदैछ ५० प्रतिशत छुट

      प्रहरी परिसर काठमाडौंको गेटबाट थुनुवा फरार

      चितवनमा रक्सी खुवाएर सामूहिक बलात्कार गरेको अभियोगमा ५ युवा पक्राउ

      नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण

      हेर्नु भयो ?

      मुकुललाई रास्वपा भरतपुर महानगरपालिका सभापति ज्ञवालीको पत्र (पत्रसहित)

      अरोमाका दुई विद्यार्थी अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्दै

      “प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरूका लागि सुझाव”

      हेर्नुस् आज मिति २०८१ असार ९ गते आइतवारको राशीफल

      चितवन मेडिकल कलेजमा बीमा मार्फत् उपचार, बोर्डसँग भयो सम्झौता

      हेर्नुस आज मिति २०८१ असार ८ गते शनिवारको राशीफल

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      चितवनमा जलवायु मैत्री कृषि अभ्यास सम्बन्धी तालिम सम्पन्न

      नेपाल पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरुले बनाएको रोबट डा.पुनद्वारा उद्घाटन (फोटोसहित)

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        अङ्कुरम् ‘एसइई डिजिटल क्विज’मा चितवन राइनोज पहिलो

      • २.
        चितवनमा बाबुले गरे छोरी र भतिजको हत्या

      • ३.
        महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल

      • ४.
        हावाहुरीले भरतपुरको आधारभुत विद्यालय मोहनपुरमा क्षति, मर्मतमा आर्थिक अभाव हुँदा मर्कामा विद्यार्थी

      • ५.
        तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

      • ६.
        तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.