काठमाडौँ, जेठ १४–
क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाले भिषा नदिएपछि भावुक स्टाटस लेखेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘अनेस्ट्ली, मेरो सपना पुरा नभए पनि म के कुरामा खुशी छु भने मेरो देशको सपना पुरा भएको छ ।’
केहीदिन पछि अमेरिका र वेष्टइण्डिजमा सुरु हुन लागेको टि–२० विश्वकप क्रिकेटमा सहभागि हुन जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकाले अहिलेसम्म पनि भिषा दिएको छैन ।