काठमाडौँ, ५ वैशाख
ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले प्रतिद्वन्द्वीको रुपमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाएको छ ।
समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।
सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछन् । नेपाल र यूएईबीचको खेल शुक्रबार बिहान ११:४५ बजे हुने तय भएको छ ।
अर्को सेमिफाइनल खेल ओमान र हङकङबीच हुनेछ । यी दुई टिमबीचको खेल शुक्रबार अपराह्न ४:१६ बजे हुने तय भएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार