काठमाडौँ, २५ माघ
कीर्तिपुरमा नेपाल-क्यानडाबीच भइरहेको खेलमा क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अभियन्ता बिप्लब खड्का सहित अन्य दुईजना रहेका छन् ।
नेपालले ब्याटिङ गरिरहँदा दर्शकले ब्यानर र नारा लगाएका थिए । त्यसपछि प्रहरीले दर्शकलाई रोकेको थियो । केहीबेर खेल समेत स्थगित भएको थियो ।
बलात्कार अभियोगमा दोषी ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले आठ वर्षको जेल सजाय तोकेको छ ।