काठमाडौं । बलिङमा आकाश चन्द र ब्याटिङमा देव खनाल कप्तानी इनिङ खेलेपछि अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ ।
अफगानिस्तानलाई हराउँदै दुई अंक जोडेपछि नेपालले समूह ‘डी’ को तेस्रो स्थानमा पक्का गर्दै सुपर सिक्स यात्रा तय गरेको हो ।
जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो ।
खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरेपछि नेपाल ८.१ ओभरमा २४–३ को अवस्थामा पुगेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार