१२ माघ, काठमाडौं ।
नेपालले आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध छैटौं विकेट गुमाएको छ ।
नासिर खानले दीपेश कँडेललाई २८ औं ओभरको चौथो बलमा ४ रनमा एलबीडब्लू आउट गरे ।
त्यसअघि अरब गुलको बलमा दीपक डुम्रे ५ रनमा क्याच आउट भएका थिए । नेपालका कप्तान देव खनाल ६६ बलमा ६ चौकासहित ४४ रनमा क्रिजमा छन् ।
छैटौं विकेट गुमेसँगै देवमाथि थप जिम्मेवारी बढेको छ । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले २८ ओभरमा ६ विकेट गुमाउँदै ९२ रन बनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार