लमजुङ, २ माघ
रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङ रहेका छन् ।
गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए ।
रोजगारीका लागि साढे तिन महिना अघि मात्र गुरुङ रुसी सेनामा पुगेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।
जर्मनीमा रहेका भाइले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको वडाध्यक्षले बताए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








