काठमाडौं । एफसी चितवनविरुद्ध आफिज ओलावालेको गोल निर्णायक बनेपछि १–० को जित निकाल्दै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ ।
जारी सिजन लगातार ५ खेलमा अपराजित रहेको धनगढीले दशरथ रंगशालामा एफसी चितवनलाई १-० ले हरायो ।
खेलको दोस्रो मिनेटमै धनगढीका ओलावाले आफिजले गरेको गोल निर्णायक भयो ।