माघ ४,काठमाडौं ।
राष्ट्रियसभाको आजका लागि बोलाइएको बैठक पाँच मिनेटमै स्थगित भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान गरिएको बैठकमा कुनै शून्य समय, विशेष समय वा एजेन्डा थिएन । सोही कारण बैठक तत्काल स्थगित गरिएको हो ।
अब राष्ट्रियसभा बैठक माघ ९ गते बस्ने तय भएको छ ।






