काठमाडाैं मंसिर २४,
यू–१९ एसिया कपमा आइतबार नेपाल र अफगानिस्तान भिड्ने भएका छन् । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने अफगानिस्तान भारतसँग सात विकेटले नै पराजित भएको थियो ।
दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।