काठमाडाैं मंसिर २२,
यू-१९ एसिया कप क्रिकेट आज (शुक्रबार)बाट शुरू हुँदैछ । आज पहिलो दिन नेपालले पाकिस्तानसँग खेल्दै छ । दुबईमा हुने खेल नेपाली समयानुसार सवा ११ बजे शुरू हुनेछ ।
प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगितामा नेपाल समूह एमा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् ।
समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् ।