काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल र यमनबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सृजना गरे पनि सदुपयोग गर्न नसक्दा अग्रता बनाउन सकेनन् ।
यमनका लागि ३२ मिनेटमा अहमद माहेरले पेनाल्टी बक्स भित्रबाट हानेको बल पोष्ट माथिबाट बाहिरिएको थियो ।