काठमाडाैं कात्तिक १३,
आईसीसी टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सिंगापुरविरुद्ध नेपालले ‘पावर प्ले’मा ५८ रन जोडेको छ ।
सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरको खेल सकिँदा विना विकेटको क्षतिमा ५८ रन बनाएको हो ।
नेपाललाई लक्ष्यतर्फ डोहोर्याउने क्रममा कुशल भुर्तेलले ३७ र आशिफ शेखले १९ रन जोडेका छन् ।
८ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् ।
यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् ।
प्रत्येक समूहबाट शीर्ष दुई टीम सेमीफाइनल प्रवेश गर्नेछन् ।
आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो ।
यो प्रतियोगिताबाट दुई टीम सन् २०२४ मा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार