काठमाडौं कात्तिक १३,
टी(२० विश्वकप छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान टस जितेर ब्याटिङ रोजेको सिंगापुरमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो ।
सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रनको योगदान गरे। यस्तै आर्यावीर चौधरीले ३९, मनप्रित सिंहले २० रन बनाए ।
नेपालका लागि अविनाश बोहराले सर्वाधिक तीन विकेट लिँदा सन्दीप लामिछाने र गुल्सन झाले दुईरदुई विकेट लिए । यस्तै करण केसीले एक विकेट लिए ।
आजदेखि शुरू हुने प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स ९यूएई०, बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।
आगामी टी(२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी(२० विश्वकपमा छनोट हुनेछन् ।