काठमाडौँ, १८ असोज
१९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
भारतसँग क्वार्टरफाइनलमा पराजित भएको क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई ब्याण्ड बाजासहित स्वागत गरिएको थियो ।
क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताएका थिए । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको उनले बताए ।