१० असोज, काठमाडौं
नेपाललाई टाइब्रेकरमा पराजित गर्दै भारत साफ यू–१९ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । बुधबार भएको खेलमा घरेलु टोली नेपाललाई ३–२ ले पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।
प्रशान्त लक्सम लिम्बु, लक्ष्मण थापा र विक्रम तामाङले पेनाल्टीमा गोल गर्न नसकेपछि नेपाल पराजित भयो । नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका थिए ।
भारतका लागि अर्जुन सिंह,गोम्सर गोयारी र माङलिङ थेङ किपिङले गोल गरे । दिनेश सिंह र रिक्की मित्तलको पेनाल्टी नेपालका गोलरक्षक जियारथ शेखले बचाए ।
यसअघि निर्धारित समयको खेल १-१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।