काठमाडाैं, असोज ६
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का नेपाली क्रिकेट संघ (क्यान)को सचिवमा विजयी भएका छन् ।
प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पारस सचिवमा विजयी भएका हुन् ।
अध्यक्षमा निर्विरोध निर्वाचित भएका चतुरबहादुर चन्द प्यानलबाट पारस उम्मेदवार बनेका थिए ।
यस अघि पारस बाग्मती क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए ।