काठमाडाैं असोज ६,
नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । निर्वाचन समितिका चुनावी प्रक्रिया आज बिहान ८ : १५ शुरू हुनेछ ।
८ : ४० मा उम्मेदवारको मनोनयन, ११: २० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, ११: ४० बजे उम्मेदवारको मनोनयम उपर उजुरी र छानबिन हुने कार्यतालिका रहेको छ ।
त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी मतदान गरिने निर्वाचन समितिले जनाएको छ ।
शुक्रबार साधरण सभा तथा बन्द सत्र सकिएको थियो ।
क्यानको चुनावमा कुल ८५ रहे पनि प्रतिनिधि विवादको कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । अब कुल मतसंख्या ८४ रहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार