काठमाडाैं भदौ १८,
नेपालसँगको म्याच छाडेर स्वदेश फर्किएका भारतीय ‘फास्ट बलर’ जसप्रित बुमराह बुवा बनेका छन् ।
पत्नी सञ्जना गणेशनले छोरालाई जन्म दिएको बुमराहले ट्विटरमार्फत जानकारी गराएका छन् ।
‘हाम्रो सानो परिवार ठूलो भएको छ । आज बिहान छोरा अंगद जसप्रित बुमराहलाई दुनियाँमा स्वागत गरेका छौं । जीवनको नयाँ अध्यायका लागि हामी निकै खुशी छौं,’ बुमराहले लेखेका छन् ।
एसिया कपअन्तर्गत सोमवार नेपाल र भारत भिड्दैछन् । बुमराह पारिवारिक कारण देखाउँदै आइतवार भारत फर्किएका थिए ।
प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्द भएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार