• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
सोमबार, असोज १५, २०८०
☰
सोमबार, असोज १५, २०८०
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    एसईई परीक्षा चैतको पहिलो हप्तादेखि हुने

    नारायणी मावि भरतपुरमा अनेरास्ववियुको कमिटी गठन : अध्यक्षमा संगित बाबु सुनाम

    विद्यार्थीविहीन बन्दै पर्वतका सामुदायिक विद्यालय : एक विद्यार्थीका लागि तीन शिक्षक

    आदर्श मावि दिव्यनगरको शुभ जन्मोत्सव अक्षयकोषमा पूर्व विद्यार्थी मुक्ति दवाडीले गरे सहयोग

    देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम

    सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

    मेट्सको ‘इन्फो डे’ एजुकेशन फेयर कार्यक्रम सम्पन्न

    पढ्नलाई उमेरले नछेकेको दुजीकुमारी

    कक्षा १२ को ग्रेड वृद्दि परीक्षामा भरतपुर माविको चरम लापरबाही

    लोकप्रिय समाचार

    • १. विप्लव पुत्र डा प्रकाशले गरे चितवनकी डा मान्यतासँग प्रगतिशील विवाह

    • २. कक्षा १२ को ग्रेड वृद्दि परीक्षामा भरतपुर माविको चरम लापरबाही

    • ३. भरतपुर अस्पतालको इमर्जेन्सीमा मनपरी (हेरौं बिरामीको स्टाटस)

    • ४. होस्टेलमा ८ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला

    • ५. शनिबारका दिन शिक्षा राज्यमन्त्रीका छोराले लगेको सरकारी गाडी दुर्घटना

    • ६. बालकुमारीमा अनेरास्ववियुद्वारा आयोजित हाजिरी जवाफ सम्पन्न : सप्तगण्डकी प्रथम (फोटोफिचर)

    • ७. छुरीसहित खतरनाक गुडिया पक्राउ, आखिर एउटा निर्जिव गुडिया किन पक्राउ पर्यो त ?

    • ८. रुकुमपश्चिममा वनको रुख फँडानी आरोपमा वडाध्यक्षसहित चार पक्राउ

    • ९. गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

    • १०. आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अनमोल केसी रातारात अस्पताल भर्ना

    जलवायु परिवर्तन : बढ्दो जोखिम र समाधानका उपाय

    मानवीय गतिविधिहरुका कारण विश्वको तापमान बढिरहेको छ र जलवायु परिवर्तनले मानिसको जीवनका हरेक पहलुहरुलाई खतरातर्फ धकेलिरहेको छ ।

    यदि यो मुद्दालाई यत्तिकै अनियन्त्रित रुपमा छाडिदिने हो भने मानिस तथा प्रकृतिले विनाशकारी तातो वायुको लहर तथा सुख्खा र गर्मीको सामना गर्नुपर्नेछ भने समुद्रको जलस्तर बढ्नुका साथै व्यापक रुपमा जैविक विविधताको विलोपन हुनेछ ।

    वास्तवमा जलवायु परिवर्तन दुनियाँका सामुन्ने देखा परेको एउटा भयानक चुनौती हो । यद्यपि यो चुनौतीको सामना गर्ने उपायहरु नभएका होइनन् ।

    जलवायु परिवर्तन के हो ?

    कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई नै जलवायु भनिन्छ । जब त्यही जलवायुको अवस्थामा दीर्घकालीन परिवर्तन आउँदछ, त्यसलाई नै जलवायु परिवर्तन भनिन्छ । यो वर्षा, तापक्रम, आद्रता, वायुको गति आदिजस्ता जलवायुजन्य उपागमहरुमा आउने दीर्घकालीन तथा प्रतिकुल अवस्थाको परिवर्तन हो ।

    अहिले विश्वको जलवायुमा जुन तीव्र परिवर्तन देखिइरहेको छ त्यो मानिसले आफ्नो घर, कारखाना तथा परिवहनका लागि प्रयोग गरिएको पेट्रोलियम, ग्यास तथा कोइलाको उपयोगका क्रममा उत्सर्जित हरितगृह ग्यासका कारण भएको हो ।

    जब यी जिवाश्म इन्धनहरू दहन हुन्छन् तब त्यसबाट हरितगृह ग्यासहरु निस्किन्छन्, जसमा सबैभन्दा ठूलो हिस्सा कार्वनडाइ अक्साइडको रहेको हुन्छ । यी ग्यासहरुका कारण विश्वको तापक्रममा बढोत्तरी हुने मात्र होइन पृथ्वीको सुरक्षा कवचको रुपमा रहेको ओजोन तहमा पनि क्षति पुर्‍याउँदछन् ।

    ओजोनको पत्रमा प्वाल पर्दा सूर्यको परावैजनी किरणसहित अत्यधिक तापक्रम पृथ्वीमा आउँदछ, जसले पृथ्वीमा तापक्रम बढाउने काम गर्दछ । यद्यपि तापक्रम वृद्धिको मूख्य कारण चाहिँ हरितगृह ग्यासका कारण सिर्जित हरिगृह प्रभाव नै हो ।

    बढ्दो तापमानका कारण हिमनदीको हिउँ तीव्र रुपमा पग्लिरहेको छ भने समुद्रको जलस्तर पनि बढिरहेको छ ।

    १९औं शताब्दीको तुलनामा विश्वको तापक्रम हाल १.१ डिग्री सेल्सियस भन्दा अधिक वृद्धि भैसकेको छ र वातावरणमा कार्वनडाइ अक्साइडको मात्रामा ५० प्रतिशतले वृद्धि भएको छ ।

    जलवायु वैज्ञानिकहरुका अनुसार यदि विश्वलाई जलवायु परिवर्तनका सबैभन्दा खराब परिणामबाट बचाउने हो भने तापमान वृद्धिमा नियन्त्रण गर्नु आवश्यक हुन्छ ।

    पेरिस जलवायु सम्झौताले पनि विश्वलाई विनासबाट बँचाउनका लागि सन् २१०० सम्ममा विश्वको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा राख्ने लक्ष्य लिएको छ ।

    तर यदि उक्त लक्ष्य प्राप्तिका लागि विश्वका मुलुकहरुले प्रभावकारी कदम नचाल्ने हो भने तापक्रम वृद्धि छिटै नै २ डिग्री सेल्सियसभन्दा धेरैले बढ्ने पक्का रहेको वैज्ञानिकहरुको भनाइ छ ।

    स्वतन्त्र क्लाइमेट एक्सन ट्रयाकर ग्रुपको सन् २०२१ को रिपोर्ट अनुसार यो शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम २.४ डिग्री सेल्सियसले बढ्ने खतरा समेत रहेको छ ।

    यदि हतिरगृह ग्यासको उत्सर्जनमा कमी ल्याउनका लागि प्रभावकारी कदम नचालिएमा विश्व उष्णणीकरण ४ डिग्री सेल्सियस पनि नाघ्नसक्ने खतरा रहेको वैज्ञानिकहरु बताउँछन् । यसले भयानक गर्मीको लहर उठ्नेछ भने लाखौं मानिसहरुले समुद्रको बढ्दो जलसतहमा आफ्ना वासस्थानहरु गुमाउनेछन् । यसले जीव तथा वनस्पतीका लाखौं प्रजातिहरुलाई अपूरणीय क्षति पुग्नेछ ।

    जलवायु परिवर्तनका प्रभावहरू

    विश्वमा प्रतिकूल मौसमी घटनाहरु पहिलेभन्दा तीव्र बनिरहेका छन् जसबाट जीवन तथा जीविकोपार्जनमाथि नै खतरा पैदा भएको छ । पृथ्वीमा तीव्र रुपमा तापक्रम बढ्नाले धेरै क्षेत्रहरु मरुभूमिमा परिणत हुनेछन् ।

    पूर्वी अफ्रिकामा लगातार पाँचौ वर्ष पनि वर्षा भएन । लगातारको सुख्खा खडेरी अर्थात् अनावृष्टिका कारण पूर्वी अफ्रिकाका २ करोड २० लाख मानिसहरू भोकमरीको खतरामा परेको संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले जनाएको छ ।

    अत्यधिक तापक्रमले डढेलोको प्रकोप बढाइरहेको छ, गत वर्षको गृष्मयाममा युरोपमा इतिहासकै भयानक डढेलोको प्रकोप देखिएको थियो । फ्रान्स तथा जर्मनीमा यसअघिको औसतको तुलनामा सन् २०२२ को जनवरी तथा जुलाई महिनाको बीचमा झण्डै ७ गुणा बढी क्षेत्रमा डढेलो लागेको थियो ।

    गर्मी बढ्नुुको अर्थ ध्रुवीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रहरुमा जमेको बरफ तीव्र रुपमा पग्लिनु र समुद्रको जलस्तर बढ्नु पनि हो ।

    कतिपय ठाउँहरुमा भने अतिवृष्टिको कारण गतवर्ष चीन, पाकिस्तान तथा नायजेरियालगायतका मुलुकहरु इतिहासकै भयानक बाढीबाट प्रताडित बने ।

    विकासशील मुलुकहरुमा बसोबास गर्ने मानिसहरुले जलवायु परिवर्तनबाट सबैभन्दा धेरै क्षति बेहोर्नुपर्नेछ । किनकि उनीहरुसँग जलवायु परिवर्तनको सामना गर्नका लागि स्रोत र साधनको कमी छ । विकसित मुलुकहरुको तुलनामा हरितगृह ग्यास उत्सर्जनमा निकै कम भूमिका रहेका ती मुलुकहरुले जलवायु परिवर्तनका असरहरु भने धेरै भोग्नु परिरहेको छ ।

    जलवायु परिवर्तनका कारण पृथ्वीको महासागर तथा जलीय जीवन पनि खतरामा परिरहेको छ । अमेरिकाको राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय विभागले सन् २०२२ को अप्रिलमा प्रकाशित गरेको एक शोध प्रतिवेदन अनुसार १० प्रतिशत देखि १५ प्रतिशत सम्म सामुद्रिक प्रजातिहरू लोप हुने खतरा छ । तीव्र रुपमा तातिरहेको पृथ्वीमा जीवहरुका लागि आवश्यक खाना तथा पानी फेला पार्न पनि मुस्किल हुनेछ ।

    उदाहरणका लागि तापक्रम वृद्धिका कारण ध्रुवीय हिउँ पग्लिंदा पोलार भालुको प्रजाति नै संकटमा पर्न सक्दछ । साथै एउटा हात्तीलाई दैनिक आवश्यक पर्ने डेढ सयदेखि ३ सय लिटर पानी पाउनै मुस्किल पर्न सक्दछ ।

    आवश्यक कदम नउठाउने हो भने यो शताब्दीको अन्त्यसम्ममा ५५० प्रजातिहरु लोप हुनसक्ने चेतावनी वैज्ञानिकहरुको छ ।

    जलवायु परिवर्तनका फरक फरक प्रभाव

    विश्वमा जलवायु परिवर्तनका भिन्न भिन्न प्रभाव हुनेछन् । संयुक्त राष्ट्रसघको जलवायु निकाय आईपीसीसीका अनुसार यदि विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न नसकिएमा यस्ता असर देखिनेछन् :

    · बेलायत तथा युरोप अत्यधिक वर्षाका कारण भयानक बाढीको चपेटामा पर्नेछ

    · मध्यपूर्वका देशहरुले अत्यधिक गर्मीको लहरका कारण व्यापक सुख्खा खडेरीको सामना गर्नुपर्नेछ

    · प्रशान्त क्षेत्रका टापु राष्ट्रहरु समुद्रमा डुब्न सक्नेछन्

    · विभिन्न अफ्रिकी देशहरुले खडेरी तथा खाद्यान्नको अभावको सामना गर्नुपर्नेछ

    · पश्चिमी अमेरिकामा खडेरीको सम्भावना हुनुका साथै अत्य क्षेत्रमा धेरै तीव्र आँधीहरू आउनेछन्

    · अष्ट्रेलियामा अत्यधिक गर्मी तथा जंगलमा लाग्ने डढेलोका कारण जनधनको क्षतिको खतरा बढ्नेछ

    के गर्दैछन् विश्वका सरकारहरु ?

    विश्वका मुलुकहरुले हातेमालो गरेर एकसाथ कदम चालेमा मात्रै जलवायु परिवर्तनसँग जुध्न सकिन्छ भन्ने कुरामा विश्व समुदाय एकमत छ । सन् २०१५ मा भएको पेरिस सम्झौतामा पनि विश्व उष्णीकरणलाई १.५ डिग्री सेल्सियस सम्म कायम राख्ने संकल्प गरिएको थियो ।

    सन् २०२२ को नोभेम्बरमा इजिप्टमा भएको कोप २७ मा समेत विश्वका नेताहरुले जलवायु परिवर्तन रोक्नका लागि नयाँ प्रतिबद्धता जनाएका थिए ।

    विभिन्न देशहरुले सन् २०५० सम्ममा शून्य कार्वन उत्सर्जन अर्थात् नेट जिरोको लक्ष्य हासिल गर्ने संकल्प गरेका छन् । यसको अर्थ हरितगृह ग्याँस उत्सर्जनलाई जति सकिन्छ त्यति कम गर्नु र बाँकी उत्सर्जनलाई वातावरणमा पूरै अवशोषण गरेर सन्तुलित राख्नु हो ।

    विज्ञहरुका अनुसार पर्यावरणलाई यी यावत् खतराहरुबाट अझै पनि जोगाउन सकिन्छ । तर यसका लागि सरकार, उद्योगी व्यापारी तथा आम नागरिकहरुले व्यापक रुपमा आफ्ना व्यवहारहरुमा परिवर्तन गर्नु आवश्यक छ ।

    व्यक्तिगत रुपमा के गर्न सकिन्छ ?

    जलवायु परिवर्तन रोक्नका लागि ठूलो भूमिका सरकार तथा उद्योग व्यवसायको रहेको छ । तर वैज्ञानिकहरुका अनुसार हरेक मानिसको जीवनमा केही स साना परिवर्तन गर्नेहो भने पनि यसले जलवायु परिवर्तनलाई कम गर्न मद्दत गर्दछ । यस्ता प्रयासहरुमा :

    · हवाई जहाजको यात्रा कम गर्ने

    · जिवाश्म इन्धनबाट चल्ने गाडीको प्रयोग नगरी विद्युतीय गाडीको प्रयोग गर्ने

    · मासु तथा दुग्धजन्य पदार्थको उपयोग कम गर्ने

    · ऊर्जा खपत घटाउने, किफायती बनाउने

    · आफ्नो घरको उर्जाको चुहावट घटाउने

    · ग्रार्हस्थ्य प्रयोगमा आउने ग्याँसलाई बिजुलीले विस्थापित गर्ने । आदि

    बीबीसीबाट

      Chitwan Aaja चितवन आज
      शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      दसैँमा विदेशबाट नेपाल आउँदै हुनुहुन्छ–के ल्याउन पाइन्छ, के पाइँदैन ?
      एसईई परीक्षा चैतको पहिलो हप्तादेखि हुने
      नौ हजार नौ सय ९९ किशोरीले लगाए क्यान्सरविरुद्धको खोप

      ताजा समाचार

      सबै

      दसैँमा विदेशबाट नेपाल आउँदै हुनुहुन्छ–के ल्याउन पाइन्छ, के पाइँदैन ?

      एसईई परीक्षा चैतको पहिलो हप्तादेखि हुने

      नौ हजार नौ सय ९९ किशोरीले लगाए क्यान्सरविरुद्धको खोप

      अनमोल केसीले फिर्ता गरे १० लाख

      भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि…

      नोबेल चिकित्सा पुरस्कार कोभिड भ्याक्सिन प्रविधि आविष्कार गर्ने वैज्ञानिकहरूलाई प्रदान

      भरतपुरमा विरुवा उखालेर फाल्ने महिला पक्राउ

      बुवा गुमाएको दिन पनि प्रस्तुति दिएँ : कुमार सानुले भने, ‘स्टेजमा ढल्दा कसैले उठाएनन्, नयाँ स्टाइल सोचे’

      नारायणी मावि भरतपुरमा अनेरास्ववियुको कमिटी गठन : अध्यक्षमा संगित बाबु सुनाम

      पुरुष क्रिकेटमा नेपालले क्वाटरफाइनलमा भारतसित खेल्ने

      दाङमा डेङ्गु सङ्क्रमणबाट मृत्यु

      मनसुन लम्बियो : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

      विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर

      गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरी हवाई उद्धारबाट लाभान्वित

      तीव्र गति र नियम उल्लङ्घन : दुर्घटनाको प्रमुख कारण

      विद्यार्थीविहीन बन्दै पर्वतका सामुदायिक विद्यालय : एक विद्यार्थीका लागि तीन शिक्षक

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      ओली दम्पत्तीले राष्ट्रपतिको हातबाट लगाए टीका

      फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

      एमाले उम्मेदवार न्यौपानेविरुद्ध स्वतन्त्र उम्मेदवार सापकोटाले दिए उजुरी

      प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लिएर मत सर्वेक्षण गर्नेलाई निर्वाचन आयोगले कारवाही गर्ने

      विनोद चौधरीले पाए टिकट,नवलपरासी १ बाट चुनाव लड्ने

      चितवनमा जीपको ठक्करबाट श्रीमानको मृत्यु,श्रीमती घाइते

      तीन महिनामा नेपाल भित्रियो साढे ६२ अर्बको पेट्रोल, डिजेल र ग्यास

      अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

      चितवन २ को मतगणनामा रवि उक्लिए पहिलो स्थानमा

      भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउन डोजर चलाउने

      चितवन-३ : अघिअघि हलो, पछिपछि घण्टी

      विशेष

      सबै
      • १.
        चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रुहरु मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

      • २.
        लाखौं रकम कुम्ल्याएर जनशक्ति विद्यालय गैंडाकोटका प्रअ कालिका देवकोटाले दिए राजीनामा

      • ३.
        अर्बाैं खर्चिए पनि मुग्लिन सडकको अवस्था उस्तै : २ महिनामा १६ दिन पहिरो, १ सय १७ घण्टा सडक अवरुद्ध

      • ४.
        गाँजाको तालमा अक्सफोर्ड कलेजको बस चलाउँदा ठूलो दुर्घटना, मिडियामाथि कलेजको गुण्डागर्दी

      • ५.
        १५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्षमा पनि सकिएन (भिडियोसहित)

      • ६.
        मुग्लिन सडकमा बारम्बार पहिरो : अलपत्र परेका यात्रुलाई स्थानीय व्यापारीले ठग्दै (फोटो/भिडियो)

      • ७.
        नारायणगढको नारायणी किनारमा सी बीचको झल्को, बढ्यो पर्यटकीय चहलपहल

      • ८.
        खडेरीले चितवनका बारीमै सुके मकैका बोट

      • ९.
        चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायी खुसी (भिडियोसहित)

      • १०.
        तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

      • ११.
        नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

      • १२.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      साताको चर्चित

      • १.
        विप्लव पुत्र डा प्रकाशले गरे चितवनकी डा मान्यतासँग प्रगतिशील विवाह

      • २.
        कक्षा १२ को ग्रेड वृद्दि परीक्षामा भरतपुर माविको चरम लापरबाही

      • ३.
        भरतपुर अस्पतालको इमर्जेन्सीमा मनपरी (हेरौं बिरामीको स्टाटस)

      • ४.
        होस्टेलमा ८ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला

      • ५.
        शनिबारका दिन शिक्षा राज्यमन्त्रीका छोराले लगेको सरकारी गाडी दुर्घटना

      • ६.
        बालकुमारीमा अनेरास्ववियुद्वारा आयोजित हाजिरी जवाफ सम्पन्न : सप्तगण्डकी प्रथम (फोटोफिचर)

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.