कार्तिक १४,काठमाडौं ।
काठमाडौं महानगरपालिकाले फोहरमैला घरमै राख्न आग्रह गरेको छ ।
काठमाडौं उपत्यकाको फोहरमैला बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकोले फोहर घरमै सुरक्षित तबरले राख्न आग्रह गरेको हो ।
महानगले आज एक सूचना जारी गर्दै स्थानीयको अवरोधपछि फोहर बिसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घरर कम्पाउण्डमा सुरक्षित तवरले राख्न वातावरण व्यवस्थापन विभागले भनेको छ ।
फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न समेत अनुरोध गरेको छ । बञ्चरेडाँडाका स्थानीयहरुले विभिन्न माग राख्दै फोहोर बोकेको गाडी बीच बाटोमै रोकेका छन् ।
जसको कारण उपत्यकामा फोहोरको समस्या फेरि बल्झिएको छ । मन्त्री र मेयर बालेन साहले आएर स्थानीयुसँग वार्ता गर्नुपर्ने माग राखेका छन् ।
तपाईको प्रतिक्रिया
                           सम्बन्धित समाचार
                              
                            
                              
                                                             
         
         
         
         
         
         
         
         
         
    
    
    
                                                                                                          
    
                                                                
    
    
    
   
 
    
    
    
    
                                                       
                                                       
                                                       
 
            
    
    
    
 
            
 
            
 
            
    
 
            
 
            
 
            
 
            
 
            
 
            
 
            
 
           













