चितवन, कात्तिक ७-
विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लब अफ नारायणी मिडटाउन र रोट्रयाक्ट क्लब अफ नारायणी मिडटाउनले सचेतना कार्यक्रम सम्पन्न गरेका छन् ।
चौबीसकोठीमा विश्व पोलियो दिवसको ब्यानर टाँसेर उनीहरुले सचेतना गरेका हुन् र चौबीसकोठीबाट र्याली समेत निकालिएको थियो ।
उनीहरुले “End Polio Now” भन्ने सन्देश सहितको ब्यानर टाँगेर पोलियोमुक्त विश्वको लागि आह्वान गरे।

















