काठमाडौं, कात्तिक ७-
गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई प्रहरीले पक्राउ गरेको छ।
आत्महत्या दुरूत्साहन मुद्दामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
नितुको उपचार क्रममा मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक बाबुल गिरीविरूद्ध जाहेरी दिएको थियो।
नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा रहेकी उनको मृत्यु भएको थियो।
















