कार्तिक १४,विराटनगर ।
अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा कोशी राजमार्ग भासिएको छ ।
राजमार्गको चारखोले गोलाई क्षेत्रमा कोशी राजमार्ग भासिएको हो । सडक भासिएपछि यातायातमा आंशिक अवरोध आएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको जानकारी अनुसार, शुक्रबार बिहान ११ः०० बजेको समयमा लोकमार्गको करिब १० मिटर खण्ड भासिएको हो ।
सडकको एक भाग पूर्ण रूपमा अवरुद्ध भए पनि, साना सवारी साधनहरू भने जोखिम मोलेर एकतर्फी रूपमा आवतजावत गरिरहेका छन् ।
 
                              
                                                             
         
         
         
         
         
         
         
         
         
    
    
    
                                                                                                          
    
                                                                
    
    
    
    
    
    
    
    
                                                       
                                                       
                                                       
 
            
    
    
    
 
            
 
            
 
            
 
            
    
 
            
 
            
 
            
 
            
 
            
 
            
 
           













