भरतपुर,१४ कार्तिक
चितवनका युवा व्यवसायी रामप्रसाद सिग्देल (सुलभ) लाई आक्रमण गर्ने तीन जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुलाई गयराती १ बजे मुग्लिनबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका संचालक सिग्देललाई अपरिचित समूहले बिहिबार अपरान्ह आक्रमण गरेको थियो । काम सकेर घर फर्कने क्रममा उनलाई सिजी ल्याण्डमार्कको पार्किङमा तीन जनाको समुहमा आएकाहरुले आक्रमण गरेका थिए । सिसी टिभी फुटेजमा उनिहरु सिजी ल्याण्डमार्कको प्रवेशद्धारमा कुरेर बसेको र देख्नासाथ बाइकको हेलमेट प्रयोग गरेर आक्रमण गरेको देखिन्छ । मलका सुरक्षा गार्ड गएपछि उनिहरु भागेको सिसीटिभी फुटेजमा देखिन्छ ।
अक्रमणबाट सिग्देलको हात र टाउकोमा चोट लागेको छ । उनको भरतपुर अस्पतालमा आकस्मिक कक्षमा उपचार भइरहेको छ । केही साताअघि पनि उनिमाथि सिजी मलमा नै आक्रमण भएको थियो ।
 
                              
                                                             
         
         
         
         
         
         
         
         
         
    
    
    
                                                                                                          
    
                                                                
    
    
    
    
    
    
    
    
                                                       
                                                       
                                                       
 
            
    
    
    
 
            
 
            
 
            
 
            
    
 
            
 
            
 
            
 
            
 
            
 
           













