काठमाडाैं चैत ३,
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई बधाई दिएका छन् ।
शुक्रबार नेपाली टीमले आईसीसी विश्वकप लिग २ को खेलमा यूएईविरुद्ध सनसनीपूर्ण जीत निकालेका थियो।
राष्ट्रपति पौडेलले शीतलनिवासमै बोलाएर उनीहरूलाई बधाई तथा शुभकामना दिएका राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।
शीतलनिवासमा आयोजित कार्यक्रममा पौडेलले राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षकलाई माला लगाएर सम्मान गरे।
सीमित स्रोत साधन र पूर्वाधारमा नेपाली क्रिकेट टिमले प्राप्त गरेको उपलब्धि महत्वपूर्ण रहेको उनले बताएका थिए ।
राष्ट्रका लागि खेलाडीले पुर्याएको योगदान गौरव गर्न लायक रहेको भन्दै पौडेलले राज्यले पर्याप्त पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने पनि बताए ।
एकदिवसीय विश्वकप छनोट खेल्न जान लागेको टोलीलाई पौडेलले शुभकामना दिए ।
शुक्रबार नेपालले यूएईलाई डिएल मेथडमा ९ रनले पराजित गरेको थियो ।
पछिल्ला १२ खेलमा नेपालले ११ वटामा जिते निकालेको हो।