• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, जेठ २४, २०८०
☰
बुधबार, जेठ २४, २०८०
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    शिक्षा मन्त्रालयमा बजेटको ७५ प्रतिशत तलब भत्तामा खर्च

    विश्व वातावरण दिवसको अवसरमा पोष्टर चित्रकला प्रतियोगिता

    गर्मी बढेसँगै चितवनका छ पालिकाका विद्यालय बन्द

    आदर्श मावि दिव्यनगरमा निर्वाचन गरेर चुनियो विद्यार्थी नेतृत्व

    विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

    गर्मी बढेपछि कावासोतीका विद्यालय बन्द

    स्टार्स मन्टेश्वरीले मनायो १३ औं वार्षिकोत्सव, हास्य कलाकार बसुन्धरा भुषाल सम्मानित

    बेस्ट डेस्टिनेशनद्वारा मोहना विद्यालयमा पोसाक सहयोग

    भोलि स्टार्स मन्टेश्वरीको १३ औं वार्षिकोत्सव, शैक्षिक क्षेत्रमा योगदान दिएकाहरुलाई सम्मान गरिँदै

    लोकप्रिय समाचार

    • १. अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

    • २. वीरेन्द्र क्याम्पसको जुस सेन्टरमा क्यान्सर रोग लाग्ने विषादीको प्रयोग, कारवाही गरिने

    • ३. चितवनमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    • ४. आदर्श मावि दिव्यनगरमा निर्वाचन गरेर चुनियो विद्यार्थी नेतृत्व

    • ५. बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु

    • ६. चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ७. १३ जना एमाले केन्द्रीय कमिटीमा मनोनीत, काे-काे परे ?

    • ८. इच्छाकामना गाउँपालिकाको आन्तरिक आयस्रोतको माध्यम बन्दै जलविरे झरना

    • ९. एलन मस्क फेरि बने विश्वको सबैभन्दा धनि व्यक्ति

    • १०. महानगरको आग्रहपछि नारायणी नदी किनारका अवैध संरचना स्थानीयले आफै भत्काउँदै

    कर्णालीमा छाउ प्रथा अझै ज्यूँकात्यूँ, भत्काइएका छाउगोठ फेरि ठडिँदै

    सुर्खेत, कात्तिक २०-
    मानव विकास सूचकाङ्कमा सबैभन्दा गरिब मानिएको कर्णाली प्रदेश विकासका दृष्टिले पनि सबैभन्दा पछाडि नै छ ।

    वर्षौंदेखि रोग, भोक, अशिक्षा, गरिबी र भौगोलिक विकटताले यहाँको विकास हुनै सकेन । प्रदेशमा रहँदै आएका छाउलगायतका विभिन्न कुप्रथाले महिला हिंसा, बलात्कार र अकालमै ज्यान गुमाउने अवस्थाले विकाससँगै जनजीविकामा नकारात्मक असर पु¥याएको छ ।

    छाउ प्रथा दुर्गम हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट डोल्पासहित सुगम मानिने दैलेख र सुर्खेतको पश्चिम क्षेत्रमा अहिले पनि विद्यमान छ । छाउमा बसेको अवस्थामा किशोरी बलात्कृत हुने, सर्प तथा जङ्गली जनावरको शिकार हुने समस्या उत्तिकै छ । सुर्खेतमा छाउ बस्दा हालसम्म दर्जनौँले ज्यान गुमाएको भए पनि यकीन तथ्याङ्क भने कसैसँग छैन । सुर्खेतमा विभिन्न सरकारी तथा गैरसरकारी निकायको पहलमा छाउ भत्काउने अभियान थालिए पनि अहिले पुनःछाउ बनाउनेक्रम बढेको छ ।

    विसं २०७६ मा गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विभिन्न जिल्लामा छाउगोठ भत्काउने अभियान थालियो । यसअन्तर्गत कर्णालीमा एक हजार पाँच सय बढी छाउगोठ भत्काइएको प्रहरीको तथ्याङ्क छ । हालसम्म पनि कर्णालीमा करिब दुई हजारभन्दा बढी छाउगोठ रहेको बताइन्छ । कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरी महिनावारी भएका बेला छाउगोठमै बस्ने गरेको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कले देखाएको छ ।

    कार्यक्रम हुञ्जेल अभियान चले पनि कार्यक्रम सकिएपछि यो प्रथा अझै ज्यूँकात्यूँ छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका साथै कर्णालीका अन्य स्थानीय तहमा पनि छाउप्रथा अहिले पनि कायम छ । स्थानीय तहले पनि छाउपडी प्रथा उन्मूलन गर्ने भनिए पनि ठोस कार्यक्रम ल्याउन सकिरहेका छैनन् ।

    छाउगोठ भत्काउने अभियान कर्णालीमा खासै सफल हुन सकेन । सफल होस् पनि कसरी रु जब मान्छेको मनभित्रको छाउगोठ भत्किएको छैन । छाउगोठ भत्काउनेभन्दा पनि जनचेतनाका कार्यक्रममा जोड दिनुपर्ने सुझाव सरोकारवालाको छ । अधिकारकर्मी वसन्त भण्डारी भन्छन्, “सरकारले छाउगोठ भत्काउने अभियान पनि चलायो तर त्यसको अनुगमन गर्ने, त्यसबाट महिलाले भोग्नुपरेको समस्या आम मानिसमा जसरी लैजानुपर्छ तर त्यसो भइरहेको छैन । यसले गर्दा छाउप्रथा अहिले पनि कायम छ ।” भण्डारी जनचेतनासँगै छाउप्रथाविरुद्ध बनेका कानुन पनि कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिए ।

    छाउगोठ कर्णालीका विकट तथा दुर्गम क्षेत्रमा मात्रै नभई सुगम र विकसित ठाउँमा पनि छ । अन्य ठाउँको त कुरै छौडौँ, कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिकामा समेत छाउ बार्ने चलन छ ।

    मध्यपश्चिम विश्वविद्यालयमा कानुन सङ्कायमा अध्ययनरत विनिता बोगटी आफूले केही वर्षअघि अनुसन्धान गर्दा प्रदेश राजधानी वीरेन्द्रनगरमै १२ मा समेत छाउ प्रथा रहेको पाएको बताए । कर्णालीका दुर्गममा मात्रै होइन, सुगममा समेत यो प्रथा गजडिएको उनको भनाइ छ ।

    यसको न्यूनीकरण गर्न कानुन नबनेका होइनन् तर कानुनको कार्यान्वयन हुन सकिरहेको छैन । बनेका कानुनको कार्यान्वयन र अझै कडा कानुन निर्माण गरी कार्यान्वयन गरे मात्रै यो प्रथा न्यूनीकरण हुने बोगटीको भनाइ छ । “छाउप्रथाविरुद्ध बनेका कानुनहरुको कार्यान्वयन गर्नुप¥यो, प्रदेश सरकारले जनचेतनासँगै नयाँ कानुन पनि निर्माण गरी लागू गर्नुपर्छ”, बोगटीले भने ।

    छाउप्रथा वर्षौंदेखि जगडिएको प्रथा भएकाले यो एक वर्ष वा एकपटक अभियान चलाएर मात्रै नहुने सरोकारवाला बताउँछन् । यसको न्यूनीकरण गर्न स्थानीय सरकारले पाठ्यक्रममा नै राखेर विद्यालय तहमा पढाउन सुझाव उनीहरुको छ ।

    नागरिक समाजका अगुवा पीताम्बर ढकालले निरन्तररुपमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँदै भने, “एक वर्ष वा एकपटक अभियान चलाएर मात्रै छाउप्रथा अन्त्य हुने म देख्दिन । यसको लागि निरन्तर चेतनामूलक कार्यक्रमहरु सञ्चालन हुनुपर्छ । त्यति मात्रै होइन, स्थानीय सरकारले आफ्नो स्थानीय पाठ्यक्रममा नै समावेश गरेर विद्यार्थीलाई छाउ प्रथा गलत मान्यता हो, भनेर पठनपाठन गराउनसके यो प्रथा उन्मूलन हुन सक्छ ।”

    बाटो खनेर, पुल बनाएर वा अन्य कुनै भौतिक संरचना निर्माण गरेर मात्रै विकास हुन्छ भन्ने मान्यता जबसम्म रहिरहन्छ तबसम्म कर्णालीमा यस्ता कुप्रथा कायमै रहने उनको तर्क छ ।

    सामाजिक चेतना नभए विकास पनि सम्भव नहुने भन्दै नेतृत्वमा बस्नेहरुले यो विषयमा गम्भीर हुन आवश्यक रहेको सरोकारवालाको भनाइ छ । विसं २०७६ मा गृह मन्त्रालयले छाउप्रथा कायम रहेका सम्बन्धित जिल्लामा जिल्ला प्रशासनको नेतृत्वमा छाउगोठ भत्काउने अभियान चलाइएको थियो ।

    त्यहीअनुसार सुर्खेत, दैलेख, कालीकोट, जाजरकोटलगायतका कर्णालीका जिल्लामा छाउगोठ भत्काउने अभियान थालियो । यसले नागरिकमा एकखालको चेतना वृद्धि पनि भएको थियो तर अभियान अहिले भने सेलाएको छ । हाल जिल्ला प्रशासन आफैँले त्यस्ता केही कार्य गरेको देखिँदैन । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल भन्छन् । “गृह मन्त्रालयअन्तर्गत त्यस्ता कुनै काम नभए पनि स्थानीय तह र प्रदेश सरकारले समन्वय गरेका ठाउँमा अनुगमनमा पुग्ने गरेको बताए ।”

    कर्णाली प्रदेशमा छाउप्रथा उन्मूलनका लागि सरकारी तथा गैरसरकारी संस्थाबाट करोडौँको बजेट खर्च भएको छ । स्थानीय गैरसरकारी सङ्घसंस्थाले पनि यो प्रथा न्यूनीकरणका लागि थुप्रै कार्यक्रम गर्दै आएका छन् तर परिणाम भने गतिलो देखिँदैन ।

    देश सङ्घीय संरचनामा गएपछि अहिले तीन तहका सरकार छन् । सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारले नै छाउप्रथा उन्मूलनका लागि ठोस कार्यक्रम ल्याउन सकिरहेका छैनन् ।

    विशेषगरी छाउप्रथा धेरै रहेको सुर्खेत पश्चिम क्षेत्रमा रहेका स्थानीय सरकारका प्रमुखहरु नै आफूहरुले ठोस कार्यक्रम ल्याउन नसकेको स्वीकार गर्छन् । सुर्खेत बराहताल गाउँपालिकाका अध्यक्ष भीम भण्डारीले विगतको भन्दा यो प्रथा कम हुँदै गएको भन्दै पालिकाको तर्फबाट खासै केही कार्यक्रम नराखिएको बताए ।

    उनी भन्छन्, “विगतमा यो प्रथा धेरै समस्याका रुपमा थियो तर अहिले मानिसमा एक खालको चेतनाको स्तर उठेको छ, अहिले त्यति समस्याको रुपमा छैन । पालिकाको तर्फबाट पनि त्यस्तो कार्यक्रम केही ल्याएनौँ ।”

    चौकुने गाउँपालिकाले पनि यस कुप्रथाको अन्त्यका लागि कुनै ठोस कार्यक्रम ल्याएको छैन । गाउँपालिका प्रमुख लालबिर भण्डारी भन्नुहुन्छ, “हामीले यो प्रथाविरुद्धका त्यस्ता कार्यक्रम ल्याएका छैनौँ, केही संस्थाले यससम्बन्धी काम गरिरहनुभएको छ, हामीले त्यसमा केही सहयोग गरेका छौँ ।”

    पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले भने छाउप्रथालगायतका अरु सामाजिक कुप्रथा उन्मूलनका लागि कार्यक्रम र बजेटको व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष खड्क विकले बताए । “हामीले छाउप्रथा मात्रै होइन, जातीय विभेद, महिला हिंसालगायत अन्य कुप्रथा उन्मूलनका लागि नीति कार्यक्रम र बजेटमै कार्यक्रम राखेर काम गरिरहेका छौँ”, भण्डारीले भने ।

    सङ्घीयतापछि सञ्चालनमा रहेका तीनै तहका सरकारको पाँच बर्षे कार्यकाल पूरा भइसकेको छ भने स्थानीय सरकारमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी म।्सिर ४ गते हुँदैछ । निर्वाचनपछि नयाँ सरकार त बन्ला । तर बितेका पाँच वर्षको अवधिमा स्थानीय सरकारपछिको नजिकको सरकार प्रदेश सरकारले छाउप्रथा न्यूनीकरणको लागि थुप्रै काम गरेको दाबी गर्छ ।

    कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री यज्ञबहादुर विसीले प्रदेश सरकारले विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको भन्दै विगतभन्दा धेरै परिवर्तन भएको दाबी गरे । मन्त्री विसीको निर्वाचन क्षेत्र छाउप्रथा धेरै रहेको सुर्खेतको पश्चिम क्षेत्र नै हो । उनी भन्छन्, “मेरो क्षेत्रमा नै धेरै छाउप्रथा थियो, अहिले विस्तारै परिवर्तन भइरहेको छ, प्रदेश सरकारको तर्फबाट म मन्त्री हुँदा धेरै काम यो प्रथा न्यूनीकरणका लागि भएको छ ।”

    अब आउने सरकारले पनि छाउप्रथाविरुद्धका कामलाई प्राथमिकता दिनुपर्ने मन्त्री विसीको सुझाव छ । “प्रदेश सरकार गठन भएको पाँच वर्षमा हामीले छाउप्रथाविरुद्ध धेरै काम गरेका छौँ, विषेशगरी यो प्रथाको विषयमा त मलाई धेरै कुरा थाह छ, महिला दिदीबहिनीको पीडा बुझेको छु, उनले भने, “हामी प्रतिपक्षमा हुँदा होस्, या सरकार पक्षमा हुँदा यो विषयलाई जोडतोडले उठाएका छौँ ।”

    विद्यार्थीलाई जनचेतना अभिवृद्धि गर्न विभिन्न तालिम, महिला र पुरुषलाई समेत सहभागी बनाएर विभिन्न तालिम दिने काम प्रदेश सरकारबाट भएको मन्त्री विसीले बताए । अहिले पनि समाजमा महिनावारी भएका महिलाले पुरुष सदस्यलाई छुन गाईबस्तु, फलफूलका बोटहरु, बालीनाली छुन, घर तथा भान्सामा प्रवेश गर्न, मन्दिर परिसरमा हिड्न धार्मिक तथा सामाजिक क्रियाकलापमा भाग लिन, दूध तथा दुग्धजन्य पदार्थ खान, पारिवारिक शौचालय, धारा प्रयोग गर्न विद्यालय जान तथा अन्य ठाउँमा जान नदिने गरिएको महिलाहरु बताउँछन् ।

      Chitwan Aaja चितवन आज
      आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      हानामी अन्तर विद्यालय फुटबलमा वाल्मिकी र होली भिजनको विजयी सुरुवात
      अठार लाखभन्दा बढीका गरगहना र नगद चोरी
      आफ्नै शिशुको हत्या गरी फरार अन्सारी समातिए

      ताजा समाचार

      सबै

      हानामी अन्तर विद्यालय फुटबलमा वाल्मिकी र होली भिजनको विजयी सुरुवात

      अठार लाखभन्दा बढीका गरगहना र नगद चोरी

      आफ्नै शिशुको हत्या गरी फरार अन्सारी समातिए

      गर्मी तत्काल नरोकिने संकेत, घर बाहिर ननिस्किन जल तथा मौसम विज्ञान विभागको सुझाव

      मुर्रा राँगो : भैँसीको नश्ल सुधारका लागि विशेष योगदान

      चितवनका दुई सहित १७ कम्पनीलाई सोधियो स्पष्टीकरण

      ठमेलमा लिभिङ टुगेदरमा बस्दै आएका प्रेमीबाट प्रेमीकाको हत्या

      क्षतिपूर्ति र राहतको लोभमा श्रीमतीले ज्युँदै श्रीमानलाई दुर्घटनामा गुमाएको दाबी गरेपछि…

      एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको निर्देशन

      हिमपहिरोमा बेपत्ता भएका ३ जनाको ३२ दिनपछि शव भेटियो

      भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)

      कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

      संसदमा प्रधानमन्त्रीको जवाफ- जमिन सट्टापट्टाको कुरा मैले आविस्कार गरेको होइन

      यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

      ‘अखण्ड भारत’ नक्साबारे भारतसँग स्पष्टीकरण माग्दै बंगलादेश

      अत्यावश्यक सेवामा हडताल निषेध गर्ने मन्त्रिपरिषद्को निर्णय

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      ओली दम्पत्तीले राष्ट्रपतिको हातबाट लगाए टीका

      फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

      चितवनमा मोटरसाइकल आफै अनियन्त्रित दुर्घटना हुँदा एकको मृत्यु,एक गम्भिर घाइते

      एमाले उम्मेदवार न्यौपानेविरुद्ध स्वतन्त्र उम्मेदवार सापकोटाले दिए उजुरी

      रेखालाई बाघले खाएपछि सन्नाटामा चितवनको मेघौली, हवाइ फायर गरेर बाघबाट खोसियो शव

      प्रदेशसभाको बैठकमा यातायातसम्बन्धी विधेयक प्रस्तुत

      प्रचण्डले चितवन छोडेर आउछन् भने म मेरो निर्वाचन क्षेत्र छोड्न तयार छु : मन्त्री यादव

      विशेष

      सबै
      • १.
        चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायी खुसी (भिडियोसहित)

      • २.
        तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

      • ३.
        नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

      • ४.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      • ५.
        कमजोर विद्यार्थी संगठनलाई हेपेर ताला फुटाल्ने चितवन प्रशासन अखिल क्रान्तिकारीको पक्षमा उभियो

      • ६.
        चितवनका किसान फेरि आन्दोलित : कृषि औजारसहित कालो बेलुन लिएर सडकमा उत्रिए (फोटो/भिडियो)

      • ७.
        समाचार प्रभाव : गैंडाकोट नगरपालिकाले राजमार्गमा राखेको अबैध ढाट बन्द

      • ८.
        लुट मच्चाउँदै गैंडाकोटको ढाट : राजमार्गमा गुड्ने सवारीबाट अशुल्छ अबैध कर, लुट्ने काममा पनि नगरपालिकाको साथ

      • ९.
        गैंडाकोटका मेयर जसले आफ्ना विरोधीलाई सार्वजनिक सुनुवाईमै बोलाउँदैनन् (भिडियो)

      • १०.
        गैंडाकोटका मेयरद्वारा मनपरी नारायणी उत्खनन्, रिर्पाेटिङ्ग गर्न गएका पत्रकारमाथि धम्की र कुटपिट प्रयास

      • ११.
        चितवनको माडीमा सामुहिक खेती गर्ने भन्दै डुबाइयो राज्यको करोडौं रकम अनुदान

      • १२.
        ठेकेदारको लापरबाहीका कारण चितवनको माडीमा वर्षौंदेखि अलपत्र बने ७ वटा पुल (भिडियो)

      साताको चर्चित

      • १.
        अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

      • २.
        वीरेन्द्र क्याम्पसको जुस सेन्टरमा क्यान्सर रोग लाग्ने विषादीको प्रयोग, कारवाही गरिने

      • ३.
        चितवनमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

      • ४.
        आदर्श मावि दिव्यनगरमा निर्वाचन गरेर चुनियो विद्यार्थी नेतृत्व

      • ५.
        बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु

      • ६.
        चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.