काठमाडौं ,१२ असोज-
अर्थमन्त्री जनार्दन शर्माले शाखा अधिकृतको तलब एक लाख रुपैयाँ हुनुपर्ने बताएका छन् । बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।
नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको भन्दै उनले सो बताएका हुन् ।
साथै, उनले मुलुकको आम्दानी कम भएकाले नेपालमा सरकारी कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब पनि दिन नसकेको प्रष्ट पारेका छन् ।