डा. माधव विष्ट
मुटुरोग विशेषज्ञ
दिमागलाई चयन छैन । दैनिक अनेक समस्याले घेर्दा मानिसले तनाव धेरै लिइरहेका छन् । भावनात्मक तनावले डिप्रेसन र एन्जाइटी गराउँछ भनेर हामीमध्ये धेरैले सुनेका छौं । चिकित्सकले पनि हरेक रोगको समाधानका लागि तनाव कम लिन सुझाइरहेका हुन्छन् ।
सायद कमैलाई मात्र थाहा होला । लगातार तनावले मुटुमा पनि समस्या गराउँछ ।
तनावले कसरी मुटु प्रभावित हुन्छ ?
भावनात्मक तनावले शरीरमा नकारात्मकता बढाउँछ । वास्तवमा तनाव बढ्ने बित्तिकै शरीरमा तनाव हर्मोन कोर्टिसोल र एड्रेनालाइनको स्तर बढ्न थाल्छ । यी दुईको स्तर बढ्नु भनेको मुटुका लागि राम्रो संकेत होइन ।
नकारात्मक भावना बढ्दै जाँदा यी हर्मोनको चाप रगतको माध्यमबाट सम्पूर्ण शरीरमा सञ्चार गर्न थाल्छ । शरीरका अन्य अंगमा विशेषगरी मुटुलाई असर गर्छ ।
यी हर्मोन बढेपछि मुटुको छिटो धड्कन बढ्न थाल्छ र रक्तनली साँघुरो हुन थाल्छ । फलस्वरूप, रक्त प्रवाह प्रभावित हुन थाल्छ । यसबाहेक हर्मोनको प्रभावले रगतमा चिनीको मात्रा पनि बढाउँछ ।
तनाव नियन्त्रण गरिएन भने मुटुको धमनीको भित्तामा क्षति पुग्ने सम्भावना बढ्छ । यसो भनिरहँदा तनाव हुने बित्तिकै मुटुलाई असर पार्छ भन्ने होइन । तनावले बारम्बार मस्तिष्कलाई असर गरिरहेको छ भने मात्र मुटु प्रभावित हुन्छ ।
दैनिकीमा सामान्य तनाव नपर्ने मानिस कोही छ भने त्यो नगण्य संख्यामा हुनसक्छ । तनाव हरकोहीलाई पर्न सक्छ । मात्र तनावको प्रकृति फरक हुन्छ ।
तनावलाई विज्ञानले दुई किसिममा विभाजन गरेको छ । छोटो र सामान्य ९एक्युट० र क्रोनिक ९लामो समयसम्म रहने तर गम्भीर० ।
एक्युट तनाव
कुनै कुराले अचानक एकैछिन तनाव भएको जस्तो गराउने र एकैछिनमा हराउँछ भने त्यसलाई एक्युट तनाव मान्न सकिन्छ । केही अध्ययनले भने अस्थायी रुपमा अचानक आउने तनावले मुटुमा समस्या देखिन सक्ने पुष्टि गरेको छ । कहिलेकाहीं अचानक घट्ने घटनाको खबरले समेत मानिसमा हृदयघात गराएको घटना थुप्रै छन् ।
दीर्घ तनाव
तनाव दैनिक, हप्तौं, महिनौं र त्यस समयभन्दा बढिरहन्छ भने त्यो दीर्घ तनाव हो । दीर्घ तनावले अप्रत्यक्ष रुपमा रक्तचाप बढाइराख्छ । मुटुको धमिनीहरु सुन्नाएर साँघुर्याउँछ । जसले मुटुको चालमा अनियमितता ल्याउँछ । मुटुमा हुने विद्युतीय गतिविधिलाई खलबलाउँछ । जसले गर्दा मुटुमा रगत राम्रोसँग पम्प हुन पाउँदैन ।
यससम्बन्धी अनुसन्धाताहरु मुटुमा यति धेरै असर तनावले मात्र कसरी पारिरहेको छ भनेर अध्ययनमा जुटिरहेका छन् ।
पहिलेबाटै दीर्घरोग हुनेमा हृदयघातको जोखिम
तनावले दीर्घरोग नभएकाहरुको मुटुमा उत्तेजना ल्याएर मुटुको गति अनियमित बनाउँछ । त्यसो भए कल्पना गर्न सकिन्छ, झन् पहिलेबाटै मुटुरोगको जोखिम मानिने दीर्घरोग मधुमेह, उच्च रक्तचाप र कोलेस्टेरोल छ भने अत्यधिक र लगातार तनावले कस्तो असर पार्ला रु
यी समस्याबाट पहिलेबाट गुज्रिरहेका व्यक्तिमा हृदयघातको जोखिम बढाउँछ । किनकि यही दीर्घरोगका कारण पहिले नै केही मात्रामा कोरोनरी धमनीमा मासुको केही डल्लो जमेर त्यो भाग साँघुरिएको हुन्छ । यस्तोमा बोसोको डल्लोले केही मात्रामा पहिले नै जमेको अवस्थामा छ भने त तनाव हर्मोन बढेर रगत सञ्चार हुने बाटो नै बन्द गरिदिएर अचानक हृदयघात हुनसक्छ ।
हार्वर्ड मेडिकल स्कुलको अध्ययनअनुसार कोरोनरी धमनीको रोग छ भने अत्यधिक तनावले धमनी साँघुरिएर तत्काल मुटुमा अक्सिजनको कमीको सामना गर्नुपर्ने हुन्छ । यो समस्या मायोकार्डियल इस्केमिया भनिन्छ । लगातारको भावनात्मक तनावका कारण यो समस्या गम्भीर बन्दै जान्छ ।
त्यसो भए सामान्य अवस्था रहेकोमा तनावले कसरी मुटु जोखिममा पार्छ रु
जसलाई उच्च रक्तचाप, मुटुरोग र मधुमेह छैन । उनीहरुमा पनि लगातार तनावले एन्ड्रोलाइन हर्मोनको प्रवाह अत्यधिक बढी हुन्छ ।
हर्मोनको गडबडले गर्दा मुटुको कार्य सन्तुलनमा राख्ने विद्युतीय तरङ्गमा गडबड र मुटुरोग ल्याउन सक्छ ।
तनाव वा रिसाउँदा मुटुको चाल एक्कासि बढ्न सक्छ । नियमित एकै लयमा चाल बढ्यो भने केही फरक पर्दैन । कहिलेकाहीं त्यो चाल अनियमित बनाइदियो भने केहीबेर मुटुको धमनी खुम्च्याउँछ । जसकारण छातीको भाग एकदमै दुखेको, थकान महसुस हुने, मुटुको ढुकढुकी बढेर बाहिरै आउला जस्तो हुनसक्छ ।
तर केहीबेरमै धमनी खुलेर रगत प्रवाह पुनस् सञ्चालनमा आउन सक्छ । दुखाइ कम हुँदै मुटु पहिलाकै अवस्थामा फर्कन्छ ।
तनाव हाबी भई मुटुमा असर गरेको लक्षण
– कमजोरी र ऊर्जाको कमी महसुस हुन थाल्छ ।
– छातीको दुखाइ बढ्ने र भारी हुन्छ ।
– रक्तचाप पनि बढ्न थाल्छ ।
– रक्तसञ्चार प्रभावित भई सास फेर्न गाह्रो हुन्छ ।
– कसैलाई बेग्लै किसिमको डराएको अनुभूति हुन्छ, जसलाई पल्पिटेसन भनिन्छ । यस्तोमा आफ्नो मुटुको धड्कन आफैंले सुनेको अनुभव हुनसक्छ ।
तनावलाई कसरी मुटुमा हाबी हुन नदिने ?
तनावपूर्ण खबर नसुनाउने
– घरमा पहिले नै मुटु वा अन्य दीर्घरोग भएका सदस्य छन् भने उनीहरूलाई सकेसम्म खुसीयाली वातावरणमा राख्नुपर्छ । अप्रिय र तनाव हुने खालको खबरबाट भरसक टाढा राख्नुपर्छ ।
पर्याप्त निद्रा
– पर्याप्त सुत्दा शरीरमा हर्मोनको असन्तुलन नियन्त्रण हुन थाल्छ । यसो गर्दा शरीर दिनभर सक्रिय रहन्छ, थकान र कमजोरीबाट बच्न सकिन्छ ।
सातदेखि नौ घण्टा सुत्दा कोर्टिसोलको मात्रा नियन्त्रण भई तनाव र मोटोपनबाट राहत मिल्छ ।
व्यायामलाई प्राथमिकता
एक निश्चित उमेरपछि शरीरका अंगहरूमा कमजोरी हुन थाल्छ । यस्तोमा शरीर बूढो भयो भने आराम मात्र गरिरहनु हुँदैन । बरु दिनमा एकपटक व्यायाम गरी शरीरलाई सक्रिय राख्नुपर्छ । शरीर सक्रिय र ऊर्जाशील रहेमा स्वतस् सानो कुरा तनावले ठूलो प्रभाव पार्दैन ।
चिकित्सकसँग परामर्श
तनाव भइरहन्छ र यसबाट उम्किन सकिएको छैन भने मनोचिकित्ससँग परामर्श लिनुपर्छ । तनावकै कारण मुटुको धड्कन बढ्नु र सास फेर्न गाह्रो हुनु गम्भीर समस्याका लक्षण हुन् । यो समस्या भए चिकित्सकलाई तुरुन्त देखाइ हाल्नुपर्छ । यसबाट समय अगावै हृदयघातको जोखिमबाट बच्न सकिन्छ । अनलाइखबरबाट