चितवन, पुस १४ –
बीरेन्द्र ओपन सोर्स क्लब (BOSC), रोट्रयाक्ट क्लब नारायणी मिडटाउन र पाराडाइज इन्फोटेकको सहकार्यमा २०८१ पुष ७ देखि १० गतेसम्म बीरेन्द्र बहुमुखी क्याम्पसमा सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यशालाको आयोजनामा BOSC, रोट्रयाक्ट क्लब नारायणी मिडटाउन र पाराडाइज इन्फोटेकको सक्रिय सहभागिता र सहकार्य रहेको थियो। कार्यक्रमको प्रमुख संयोजकका रूपमा पाराडाइज इन्फोटेकका शाखा प्रबन्धक साथै रोट्रयाक्ट क्लब नारायणी मिडटाउन को बोर्ड सदस्य रो. प्रमेश्वर धरेलले नेतृत्व गर्नुभएको थियो।
कार्यशालामा ५० जना विद्यार्थीहरूको सहभागिता थियो भने यस कार्यक्रममा ३ जना विद्यार्थीहरू इन्टर्नशिपका लागि छनोट भएका छन्। कुल ५५ सहभागीहरूको सहभागितासँग सम्पन्न यो कार्यशालाले विद्यार्थीहरूलाई ग्राफिक डिजाइनिङमा नयाँ सीप र ज्ञान प्राप्त गर्नका लागि प्रभावकारी अवसर प्रदान गर्यो।
यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूको व्यावसायिक र व्यक्तिगत क्षमता विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ। यी कार्यक्रमहरूले विद्यार्थीहरूलाई विभिन्न सम्भावनाहरूमा सक्षम बनाउँछ, जसले उनीहरूको भविष्यका अवसरहरूलाई नयाँ उचाइमा पुर्याउँछ। यसले नयाँ सम्भावनाहरू र भविष्यका उपलब्धिहरूलाई सहज बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको रोट्रयाक्ट क्लब नारायणी टाउनको अध्यक्ष राजिव घिमिरेले बताउनुभयो।
पाराडाइज इन्फोटेकले चितवनमा विगत एक वर्षदेखि सूचना प्रविधिको क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको छ। रोट्रयाक्ट क्लब नारायणी मिडटाउनको टेक पार्टनर को रूपमा पाराडाइज इन्फोटेक रहेको छ। यसले सूचना प्रविधिको क्षेत्रमा वृद्धि हुँदै गएको मागसँगै नयाँ सम्भावनाहरू सिर्जना गर्न र प्रविधिको दायरा फराकिलो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यस बर्षदेखि रोट्रयाक्ट क्लब अफ नारायणी मिड टाउन र पाराडाइज इन्फोटेकले चितवनका बिभिन्न कलेजहरुमा यस्तै कार्यक्रम सञ्चालनमा ल्याउने रो. प्रमेश्वर धरेलले जनाउनु भयो।