सौराहा,भदौ १४-
निकुञ्ज जीप सफारी सौराहाको अध्यक्षमा पर्यटन व्यवसायी ॠषीराम तिवारी चयन भएका छन् ।
शनिबार सम्पन्न १७औं बार्षिक साधारण सभा तथा नवौं अधिवेशनले तिवारीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
त्यस्तै,समितिको सचिवमा कुमार जोशी र विजय गिरी, कोषाध्यक्षमा कृष्ण भट्ट र टीका गिरी चयन भएका छन।
त्यसैगरी,सदस्यहरुमा अनिल सिवाकोटी, आशिष रेग्मी, तारा लामा श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ तथा लेखा समिति संयोजकमा विनोद तिमिल्सिना र सदस्यमा यौवनकुमार पराजुली चयन भएका छन् ।
सो संस्थाका संस्थापक अध्यक्ष नरेश गिरीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा संस्थाका शेयर सदस्यहरु,सौराहाका पर्यटन व्यवसायीहरु लगायतको बाक्लो उपस्थिती रहेको थियो।
चितवन राष्ट्रिय निकुन्ज अन्तर्गतका कसरा,देवि ताल,टाइगर टप्स,टेम्पल टाईगर,नवलपरासी,अमलटारी,माडी लगायतका क्षेत्रहरुमा सो जिप सफारीले सेवा दिदै आएको छ।
हाल सो संस्थामा १६ वटा जिप सफारीको लागि सन्चालनमा छन।
उक्त संस्थाका निर्वतमान अध्यक्ष हरिकृष्ण रेग्मिको अध्यक्षता रहेको सो कार्यक्रम संस्थाका कोषाध्यक्ष एवं सफल पर्यटन व्यवसायी गोकर्ण गिरीले संचालन गर्नुभएको थियो।