काठमाडौं, माघ २
रूसी फौजमा रहेका थप एक जना नेपालीको मृत्यु भएको छ।
लमजुङ दूधपोखरी गाउँपालिका-१ का ३२ वर्षीय साजन गुरूङको मृत्यु भएको पालिकाका सूचना अधिकारी रमण बरालले जानकारी दिए।
उनका अनुसार रूसी फौजमा भर्ना भएका गुरूङको युक्रेनविरूद्ध युद्ध लड्नेक्रममा मृत्यु भएको हो।
केहीदिन अघि मृतकका साथीहरूले परिवारलाई खबर गरेको सूचना अधिकारी बरालले बताए। यद्यपि यसबारे परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छैन।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








